६ बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

हाम्रो पार्टी फुट्ने वाला छैन, षड्यन्त्रकारीहरूको नाश हुन्छ : माधव नेपाल

अ+ अ-

काठमाडौँ । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले इतिहास भइसकेको राजतन्त्र फर्किने सम्भावना नरहेको दाबी गरेका छन् ।

आफ्नो जन्मदिनको अवसरमा वृक्षारोपणपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले कोही व्यक्तिले आफूले लोकप्रिय भएको ठाने चुनाव लडेर आउन चुनौती दिए ।

‘राजतन्त्र फर्किने कुरा असम्भव छ । इतिहास भइसकेको कुरा फर्किएर आउने कुरै छैन’, उनले पूर्वराजा ज्ञानेन्द्र शाहलाई लक्षित गर्दै भने, ‘कोही त्याग, तपस्या, बलिदानको प्रतिमूर्ति भए, विकासको अभियन्ता भए, त्यस्तो व्यक्तिलाई ल्याएर सरकारको प्रधानमन्त्री बनाइदिए हुन्छ । अहिले प्रधानमन्त्री हुने हो कार्यकारी, हाम्रो रामचन्द्र पौडेलजी राष्ट्रपति भएर मुलुक हाँक्नुहुन्न । उहाँहरू त सम्मानको ठाउँमा बस्ने हो । उहाँहरू सम्मानित व्यक्तित्व हो । संसदमा आउनुपर्छ, चुनाव जित्नुपर्छ, बहुमत ल्याउनुपर्छ ।’

भूमि अध्यादेश ठूलो भ्रष्टाचारसँग जोडिएको भन्दै अध्यक्ष नेपालले सार्वजनिक जग्गाहरू सबै समाप्त पार्ने षड्यन्त्र भएको आरोप लगाए ।

उनले सरकारले खराब नियत राखेर अध्यादेश ल्याएको दाबी गरे । उनले दल विभाजनसम्बन्धी विधेयक सरकारले ल्याए पनि आफ्नो पार्टी नफुट्ने दाबी गरे ।

नेता नेपालले भने, ‘अरूको खुट्टामा बन्चरो हान्नेले आफ्नो खुट्टामा पनि लाग्न सक्न भन्ने कुरा ख्याल गर्नुपर्छ । षड्यन्त्रकारीहरूको अन्त्य हुन्छ, नाश हुन्छ। हाम्रो पार्टी फुट्ने वाला छैन ।’

प्रतिक्रिया दिनुहोस