७ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

केही राजावादीले उक्साउँदैमा नहौसिन पूर्वराजा ज्ञानेन्द्रलाई वर्षमान पुनको आग्रह

अ+ अ-

काठमाडौँ । नेकपा (माओवादी केन्द्र)का उपमहासचिव वर्षमान पुन अनन्तले केही राजावादीले उक्साउँदैमा नहौसिन पूर्वराजा ज्ञानेन्द्र शाहलाई आग्रह गरेका छन् ।

रोल्पा नगरपालिकाको नवनिर्मित प्रशासकीय भवनको शुक्रबार उद्घाटन गर्दै पुनले वंश परम्परामा आधारित राजतन्त्र फर्कने कुनै सम्भावना नरहेको बताए ।

जनताका छोराछोरी राष्ट्रपति हुने व्यवस्थाको विकल्पमा अमुक कुलमा जन्मिएकै आधारमा शासक हुने व्यवस्थाको पक्षमा कोही नरहेको पुनको भनाइ थियो ।

‘केही राजावादीहरू सडकमा अढाई सय वर्षसम्म वंश परम्परामा चलेको राजतन्त्र ल्याउने कुरा गर्दै हिँडेको सुन्दा अचम्म लाग्छ’, पुनले भने, ‘आफ्ना छोराछोरी राष्ट्रपति हुने व्यवस्थाको विकल्पमा जनता छैनन् । गणतन्त्र भनेको पाँच वर्षका लागि राष्ट्रपति चुन्ने र मन नपरे फेरि अर्को ल्याउने प्रजातान्त्रिक व्यवस्था हो । राजतन्त्र ल्याउने कुरा गरेर राजावादीहरूले रमाइलो गरिरहेका छन् ।’

सामन्ती एकाधिकारवादी राजतन्त्र र विचार, आस्था र उद्देश्यविहनि लोकप्रियतावादीहरूको नेपालमा राजनीतिक भविष्य नरहेको पुनले बताए ।

एकात्मक राजतन्त्रात्मक व्यवस्था मुलुकको माटो सुहाउँदो नरहेको निष्कर्षसहित दलहरूले संघीय लोकतान्त्रिक गणतन्त्र ल्याएको स्मरण उनले गरे ।

संविधान र कानुनभन्दा माथि अमुक राजा महाराजा नहुने र जनता नै सबै अधिकारको केन्द्र भएको पुनले स्पष्ट गरे ।

प्रतिक्रिया दिनुहोस