७ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

भूकम्प प्रभावितहरूका लागि आवास निमार्ण कार्य अगाडी बढाइएको छ : गृहमन्त्री लेखक

अ+ अ-

 डोटी । गृहमन्त्री रमेश लेखकले भूकम्पबाट प्रभावितहरूका लागि आवास निमार्ण तथा प्रबलीकरण कार्य अगाडी बढाइएको बताएका छन् । 

नेपाल प्रेस युनियन डोटी शाखाले शनिवार दिपायलमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै मन्त्री लेखकले उक्त कुरामा जोड दिएका हुन् । गृहमन्त्री लेखकले देश विभिन्न प्राकृतिक प्रकोप, भूकम्प, बाढी पहिरो, आगलागी, शितलहरबाट जोखिम पूर्ण अवस्थामा रहँदै आएकोमा सुदूरपश्चिम बढी जोखिममा रहेको समेत बताए ।

भूकम्प बाट प्रभावितहरूलाई स्थापित गर्न सरकारले आवश्यक प्रक्रिया अगाडी बढाएको समेत बताए । उनले भने सरकारले भूकम्पका कारण विस्थापित भएकाहरूको आवास पुन निमार्ण र प्रबलीकरण कार्य अगाडी बढाएको छ । त्यसका लागि आवश्यक बजेटको व्यवस्थापन, मापदण्ड, नियम कानुन निमार्ण कार्य पुरा गरी देशका तिन स्थानमा इकाई कार्यालय स्थापना गर्ने कार्य अगाडी बढाइएको समेत बताए ।

 केन्द्रमा रहेको विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको मातहतमा रहने गरी शुक्रवार बझाङमा आज शनिवार अछामको साँफेबगरमा र आइतबार जाजरकोटमा इकाई कार्यालय स्थापना गरिने समेत गृह मन्त्री लेखकले बताए । 

पत्रकारहरूको प्रश्नको जवाफमा मन्त्री लेखकले नेपालमा लोकतन्त्र विरुद्ध पहिलेबाट नै षडयन्त्र भइरहेकाले त्यसप्रति सजग हुनु पर्ने बताए । ‘क्रान्तिबाट फालिएको राजा त्यसै देशमा बसेको उदाहरण संसारमा कमै छ’, गृहमन्त्री लेखकले भने, ‘देशभित्र उन्नत लोकतन्त्र भइरहेकाले पूर्व राजा ज्ञानेन्द्र नागरिक सरह नेपालमै बसेर अधिकारहरू उपभोग पाइरहेका छन् ।’ नेपाली समाज निरंकुशता बाट लोकतन्त्रमा आएकाले राजतन्त्र फर्कने भ्रममा नपर्न सुझाव समेत दिएका थिए ।

प्रतिक्रिया दिनुहोस