११ बैशाख २०८२, बिहीबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

स्रोत र साधनले भ्याएसम्म भूकम्पपीडितलाई सहयोग जारी छ: गृहमन्त्री लेखक

अ+ अ-

अछाम । गृहमन्त्री रमेश लेखकले भूकम्पपछिका पुनर्निर्माण र पुन:स्थापनालाई सरकारले प्राथमिकतामा राखेर तदनुरूप काम गरिरहेको बताएका छन् । 

अछाम जिल्ला समन्वय समितिको कार्यालयमा स्थापना भएको जिल्ला भूकम्पीय पुनर्निर्माण तथा पुन:स्थापना आयोजना कार्यान्वयन एकाइ कार्यालयको आज उद्घाटन गर्दै उनले स्रोत र साधनले भ्याएसम्म सरकारले भूकम्पपीडितलाई सहयोग गरिरहेको बताए । 

गत वर्षको कात्तिकमा भएको भूकम्पबाट प्रभावित भएकालाई सहज ढंगले सेवा प्रवाह गर्ने उद्देश्यले स्थापना भएको उक्त एकाइले अछाम, बाजुरा र डोटीका नागरिकलाई सघाउने छ । नव स्थापित एकाइमार्फत पीडितलाई आवास निर्माण तथा मर्मत सम्भारका काम गर्न सहज हुने विश्वास व्यक्त गर्दै लाभग्राहीलाई द्रुत सेवा प्रवाह गर्न उनले प्रमुख जिल्ला अधिकारीलगायत सम्बद्ध कर्मचारीलाई निर्देशन पनि दिए ।

भूकम्पबाट क्षति भएका अछामको बान्नीगढी जय गढ गाउँपालिका वडा नम्बर ३ र ४ का ४ जना लाभग्राहीलाई आवास पुनर्निर्माणअन्तर्गत पहिलो किस्ता बापत  प्रतिघर रु. ५० हजार प्रदान गरिएको छ । एकाइ स्थापनासँगै लाभग्राहीलाई उक्त रकमको चेक हस्तान्तरण गरिएको थियो । 

त्यस अवसरमा प्रतिनिधिसभा सदस्य पुष्पबहादुर शाह, राष्ट्रिय  विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख  भीष्मकुमार भुसाल, प्रदेशसभा सदस्य मानबहादुर रावल, तीन वटै जिल्लाका प्रमुख जिल्ला अधिकारी उपस्थित थिए ।

जाजरकोट भूकम्पमा परी एक सय ५७ जनाले ज्यान गुमाएका थिए भने तीन सय ७५ जना घाइते भएका थिए । बि.सं.२०७९ कात्तिकमा २३ गते बिहान डोटीको पूर्वीचौकी गाउँपालिका ३ को गैरगाउँ केन्द्रबिन्दु  भएर ६ दशमलव ६ म्याग्नेच्युडको भूकम्प भएको थियो । 

उक्त भूकम्पमा उक्त गाउँका ६ जनाको मृत्यु भएको थियो भने ८ जना घाइते भएका थिए। डोटीका नौवटा स्थानीय तहबाट ५४१ वटा निजी आवास पूर्ण रुपमा क्षति भएका र चार हजार एक हजार ४६ घरमा आंशिक क्षति भएको छ थियो । त्यस्तै ४७ विद्यालय, आठ  स्वास्थ्य चौकी, नौ सरकारी भवन र चार  सांस्कृतिक सम्पदामा पनि क्षति भएको थियो । 

प्रतिक्रिया दिनुहोस