काठमाडौँ । संघीय संसद्अन्तर्गत आइतबार राष्ट्रिय सभाको बैठक बस्ने भएको छ । बैठक दिउँसो सवा १ बजे संसद् भवन नयाँबानेश्वरमा बस्नेछ ।
आजको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीका तर्फबाट ‘राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको आर्थिक वर्ष २०८०/८१ को वार्षिक प्रतिवेदन’ सभासमक्ष पेस गर्ने सम्भावित कार्यसूची रहेको छ ।