६ बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

पूर्वराजा शाहको पक्षमा आज काठमाडौँमा प्रदर्शन हुँदै, सुरक्षा व्यवस्था कडा

अ+ अ-

काठमाडौँ । पूर्वराजा ज्ञानेन्द्र शाहको पक्षमा आइतबार काठमाडौँमा प्रदर्शन हुँदैछ । पूर्वराजा ज्ञानेन्द्र शाहलाई स्वागत गर्ने नाममा राजावादीहरूको शक्ति प्रदर्शन हुन लागेको हो ।

पोखरामा रहेका पूर्वराजा शाह आज काठमाडौँ फर्किँदै छन् । उनको स्वागतका लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भेला हुन राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाले आह्वान गरेको छ । दिउँसो करिब तीन बजे शाह काठमाडौँ फर्किने तयारी छ । सोही अनुसार प्रहरीले काठमाडौँको सुरक्षा व्यवस्था कडा पारिएको छ ।

राजावादीहरुको स्वागतमा विभिन्न दल र समूहहरु सडकमा उत्रिने भएपछि काठमाडौँको सुरक्षा प्रबन्ध चुस्त बनाइएको छ । भिड अनियन्त्रित हुन नदिन र अवाञ्छित क्रियाकलाप रोक्न सुरक्षाकर्मीहरुलाई ‘हाई अलर्ट’मा राखिएको छ ।

लामो समयदेखि पोखरा रहेका पूर्वराजा ज्ञानेन्द्र शाहको वक्तव्यपछि राप्रपा, राप्रपा नेपाल, राष्ट्र, राष्ट्रियता,धर्म, संस्कृति र नागरिक बचाउ महाभियान, राष्ट्रिय शक्ति नेपाल, शाही युवा शक्ति नेपाल, शिव सेना नेपाल, एटिएफ, आरटिएफ, वीर गोर्खाली अभियानलगायत राजा तथा हिन्दुवादी समूहले आज पूर्वराजा ज्ञानेन्द्र शाहको स्वागत कार्यक्रम गर्दै छन्।

प्रतिक्रिया दिनुहोस