२८ चैत्र २०८१, बिहीबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सुरक्षा व्यवस्थाबारे उच्चस्तरीय ब्रिफिङ लिँदै मुख्यसचिव अर्याल

अ+ अ-

काठमाडौँ । नेपाल सरकारका मुख्यसचिव एकनारायण अर्यालले मुलुकको सुरक्षा अवस्थाबारे गृह सचिवलगायत सुरक्षा निकायका उच्च अधिकारीहरूसँग उच्चस्तरीय ब्रिफिङ लिइरहेका छन्।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयस्थित मुख्यसचिव समक्ष अहिले गृह सचिव, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र राष्ट्रिय अनुसन्धान विभागका प्रमुख (आइजिपी)हरू, काठमाडौं उपत्यकाको सुरक्षा हेर्ने प्रमुख, काठमाडौं जिल्लाका प्रमुख जिल्ला अधिकारी (प्रजिअ) तथा प्रहरी प्रमुखहरू सुरक्षा अवस्थाबारे जानकारी गराइरहेका छन्।

स्रोतका अनुसार, यो नियमित ब्रिफिङकै निरन्तरता भए पनि पछिल्लो परिस्थितिलाई मध्यनजर गर्दै विस्तृत छलफल भइरहेको छ। विशेष गरी पूर्व राजा ज्ञानेन्द्र शाहको काठमाडौं आगमनका क्रममा राजावादी समूहले गर्ने स्वागत, प्रदर्शन र र्‍यालीलाई दृष्टिगत गर्दै सुरक्षा रणनीति मजबुत बनाउने विषयमा छलफल केन्द्रित छ।

पूर्व राजा शाह पोखराको भ्रमण सकी आज दिउँसो हवाई मार्ग हुँदै काठमाडौं आउँदै छन्। उनलाई स्वागत गर्न राप्रपा, राप्रपा नेपालसहित विभिन्न दल र संघसंस्थाहरूले काठमाडौँका विभिन्न स्थानबाट र्‍याली निकाल्ने तयारी गरेका छन्। राजावादी समूह विमानस्थलदेखि महाराजगञ्जस्थित निर्मल निवाससम्म सडक किनारामा उपस्थित रहने र र्‍यालीसहित उनलाई निर्मल निवाससम्म पुर्‍याउने कार्यक्रम बनाइएको छ।

यस सन्दर्भलाई ध्यानमा राख्दै सुरक्षा निकायहरू उच्च सतर्कतामा रहेका छन्। भीड व्यवस्थापन, सम्भावित सुरक्षा चुनौती र शान्ति सुव्यवस्था कायम गर्न सुरक्षा अधिकारीहरूले रणनीतिक योजना बनाइरहेको बताइएको छ।

प्रतिक्रिया दिनुहोस