काठमाडौँ । स्वास्थ्य बीमा बोर्डको कार्यकारी निर्देशक पदमा नियुक्तिका लागि गठित सिफारिस समितिले तीन जनाको नाम सिफारिस गरेको छ ।
कार्यकारी निर्देशक नियुक्तिका लागि निर्णय गर्न स्वास्थ्य मन्त्रालयले गत बुधबार मन्त्रिपरिषद् समक्ष प्रस्ताव पठाएको छ ।
समितिले आवेदन स्वीकृति भएका १० जनासँग गत १८ र १९ फागुनमा लिएको प्रस्तुतीकरण र अन्तर्वार्ता पछि तीन जनाको नाम सिफारिस गरेको मन्त्रालयको उच्च स्रोतले जानकारी दिएको छ ।
स्रोतका अनुसार समितिले कार्यकारी निर्देशक पदका लागि कमल पन्थी, डा. कृष्णप्रसाद अधिकारी र डा. रघुराज काफ्लेको नाम सिफारिस गरेको हो ।
सम्भवतः अब बस्ने मन्त्रिपरिषद्को बैठकले स्वास्थ्यको यो प्रस्तावमाथि छलफल र निर्णय गर्नेछ ।