काठमाडौँ । निजामती कर्मचारी अस्पतालको कार्यकारी निर्देशकका तीन जनाको नाम सिफारिस भएको छ ।
निर्देशकका लागि आवेदन दिएका १० जनामध्ये प्रस्तुतीकरण र अन्तर्वार्ताका आधारमा तीन जनाको नाम सिफारिस गरिएको हो ।
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सिफारिसमा परेका तीन जनाको नाम सार्वजनिक गरेको हो । मन्त्रालयले सार्वजनिक गरेको नाम अनुसार कार्यकारी निर्देशकका लागि एक नम्बरमा डा. प्रमोद यादव, दोस्रो नम्बरमा डा. रुद्र मरासिनी र तीन नम्बरमा डा. मोहनचन्द्र रेग्मीको नाम सिफारिसमा परेको छ ।