६ बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

“म राजसंस्था पक्षधर हुँ, तिम्रो पद तिमी नै राख”-बास्तोलाको सरकारलाई चुनौती

अ+ अ-

काठमाडौं । पोर्चुगलका लागि नेपाल सरकारका पर्यटन प्रवर्द्धक रमेशराज बास्तोलाले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयलाई २४ घण्टे स्पष्टीकरण बुझाएका छन्। तर, उनले मन्त्रालयलाई पत्र पठाउनु अघि नै सामाजिक सञ्जालमार्फत आफ्नो स्पष्ट धारणा सार्वजनिक गरेका छन्।

आइतबार मन्त्रालयले लिखित स्पष्टीकरण मागेपछि बास्तोलाले फेसबुकमै सरकारलाई चुनौती दिने शैलीमा जवाफ दिएका छन्।

उनले लेखेका छन्, “देशमा संवैधानिक राजतन्त्र र बहुदलीय प्रजातन्त्र अहिलेको आवश्यकता हो। म देशमा राजसंस्थाको पक्षधर हुँ। राजा र धर्मको समर्थन गर्दा तिमीहरूलाई आपत्ति छ भने तिम्रो पद तिमी नै राख। जुन दिन देशमा राजतन्त्र पुनः स्थापना हुन्छ, त्यो दिन जिम्मेवारी लिन्छु। तिमीहरूको भ्रष्ट सरकारमा यो कागजी पदमा बस्न मलाई कुनै इच्छा छैन। मेरो स्पष्टीकरण यही हो।”

बास्तोलाले आफूले नेपाल सरकारको पर्यटन प्रवर्द्धक भएबापत कुनै पनि सरकारी सुविधा नलिएको दाबी गरेका छन्। उनले लेखेका छन्, “मैले यो पद लिएबापत सरकारको एक रुपैयाँ पनि लिएको छैन। कुनै आर्थिक लाभ उठाएको छैन। बरु आफ्नै खर्चमा यहाँ पोस्टर बनाएर हुन्छ कि एयरपोर्टमा महँगो शुल्क तिरेर पोस्टर ल्याएर हुन्छ, प्रचार गरेको छु।”

पूर्व राजा ज्ञानेन्द्र शाहको “श्री ५ महाराजाधिराज सरकारको शुभकामना सन्देशको स्वागत तथा ऐक्यबद्धता” जनाउँदै विज्ञप्ति जारी गरेपछि मन्त्रालयले बास्तोलासँग लिखित स्पष्टीकरण मागेको थियो।

सम्बन्धित समाचार : राजाको शुभकामना सन्देशको स्वागत र ऐक्यबद्धता जनाउने पर्यटन प्रवर्द्धकलाई २४ घण्टे स्पष्टीकरण

मन्त्रालयले आइतबार जारी गरेको आदेशमा भनिएको छ, “पर्यटन प्रवर्द्धकसम्बन्धी कार्यविधि, २०७९ को दफा ५ अनुसार निजलाई तत्काल नहटाउनुपर्ने कुनै कारण भए, २४ घण्टाभित्र लिखित स्पष्टीकरण पेस गर्न निर्देशन गरिन्छ।”

मन्त्रालयले बास्तोलाको कार्य पदीय मर्यादा विपरीत भएको भन्दै सरकारी लोगो र लेटर हेडको “दुरुपयोग” गरेको आरोप लगाएको छ।

बास्तोलाले नेपाल सरकारको लोगो अंकित पर्यटन प्रवर्द्धक कार्यालयको आधिकारिक लेटर हेड प्रयोग गर्दै पूर्व राजालाई “श्री ५” को सम्बोधन गरेका थिए। साथै, उनले उक्त पत्र आइतबार आफ्नै फेसबुकमा सार्वजनिक गरेका थिए।

प्रतिक्रिया दिनुहोस