काठमाडौँ। राप्रपा नेपालका अध्यक्ष कमल थापाले पदाधिकारी बैठक बोलाएका छन् ।
आज दिउँसो १:३० बजे पार्टी केन्द्रीय कार्यालय सिफलमा बैठक बोलाएको राप्रपा नेपालका महामन्त्री राजाराम बर्तौलाले बताए ।
उनका अनुसार मुलुकको पछिल्लो राजनीतिक घटनाक्रम, हिजो त्रिभुवन विमानस्थलदेखि निर्मल निवाससम्म भएको पूर्वराजाको स्वागत र भावी कार्यक्रममा बारेमा छलफल गर्नका लागि बैठक बोलाइएको हो ।
हिन्द राष्ट्र, राजसंस्थाको एजेन्डा स्थापित गर्न र संघीयता खारेज गर्नका लागि समाचार विचार भएकाहरूसँग एकजुट भएर अगाडि बढ्ने विषयमा पनि छलफल हुने बताइएको छ ।