२७ चैत्र २०८१, बुधबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

गभर्नर अधिकारीको गुनासो : अफिस गइरहँदा पनि बिदामा बस्यो भनेर समाचार आयो

अ+ अ-

काठमाडौँ । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले ‘गभर्नर बिदामा’ भनी भ्रम छर्ने गरी समाचार आएको भन्दै गुनासो गरेका छन् ।

सोमबार महिला आर्थिक पत्रकारहरूका लागि आयोजना गरिएको तालिमको उद्घाटनमा उनले भने, ‘समाचारहरूको विश्वासनियतामा कमी आइरहेको छ । म अफिस गइरहेको छु । तर, गभर्नर बिदामा भनेर समाचार आउँछ । यसले सर्वसाधारणमा भ्रम सिर्जना हुने भएकोले सही समाचार प्रकाशन गर्न सबै पत्रकारलाई आग्रह गर्दछु ।’

अधिकारी २०७६ चैत २४ गते अधिकारी ५ वर्षको लागि गभर्नर नियुक्त भएका थिए । गभर्नर अधिकारी आफ्नो पाँच वर्षे कार्यकाल आउँदो चैत्र २४ गते सकिँदै छ । कार्यकाल समाप्त हुनु एक महिना अगाडि बिदा बस्न पाउने सामान्य चलन छ । तर, यो अनिवार्य नभएको बताइन्छ । गभर्नर अधिकारी बिदामा भने बसेका छैनन् ।

यो अवधिमा आफूले मिडिया क्षेत्रबाट धेरै नै सहयोग पाएको भन्दै उनले धन्यवादसमेत दिए ।

नेपाल राष्ट्र बैंकले आर्थिक पत्रकारहरूलाई आजदेखि तीन दिने तालिमको आयोजना गरेको छ । राष्ट्र बैंकले दिने यस्ता तालिमहरूको बारेमा गभर्नर अधिकारीले भने, ‘वित्तीय क्षेत्रमा आबद्ध भएकाहरूले आफै कोसिस गरेर मात्र बाहिर सबै जानकारी दिन र बुझाउन सकिँदैन । सही कुराहरू बाहिर सर्वसाधारणमा ल्याउनका लागि राष्ट्र बैंकले पत्रकारहरूलाई तालिम दिने गरेको छ ।’

त्यस्तै, तालिममा बैंक तथा वित्तीय संस्थाहरूको विवरण कसरी हेर्ने, प्रकाशन भएका वित्तीय विवरणहरूलाई कसरी केलाउने, नेपालको भुक्तानी प्रणालीबारेमा जानकारी दिने र नेपालमा पेमेन्ट सिस्टम लगायतका बारेमा छलफल गर्ने नेपाल राष्ट्र बैंकको मानव संशाधन विभाग प्रमुख तुलसीप्रसाद घिमिरेले जानकारी दिए ।

राष्ट्र बैंक, बैंक तथा वित्तीय संस्थाहरूको विषयमा गहिराइमा पुगेर समाचार प्रकाशन गर्ने हो भने सर्वसाधारणमा वित्तीय संस्थाबारे जानकारीमा स्पष्टता हुने उनले बताए ।

आगामी दिनमा पनि यस्ता तालिमहरू राष्ट्र बैंकले सञ्चालन गर्ने बताए ।

प्रतिक्रिया दिनुहोस