१६ बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सिडिओ कार्यालय अगाडि मिटर ब्याज पीडितद्वारा आत्मदाहको प्रयास

अ+ अ-

काठमाडौँ । पर्सामा एक जना मिटर ब्याज पीडितले आत्मदाहको प्रयास गरेका छन् ।

जिल्ला प्रशासन कार्यालय अगाडि सोमबार करिब साढे १२ बजेको समयमा एक जना मिटर ब्याज पीडितले आत्मदाहको प्रयास गरेको पर्साका प्रमुख जिल्ला अधिकारी (प्रजिअ) गणेश अर्यालले जानकारी दिए ।

मिटर ब्याजको मुद्दामा न्याय नपाएको भन्दै बाराको पचरौता नगरपालिका-४ घर भई पर्साको वीरगञ्ज नगरपालिका-२४ बस्ने अन्दाजी ५८–६० वर्षीय बृजकिशोरप्रसाद साहले आत्मदाहको प्रयास गरेको प्रजिअ अर्यालले बताए । आफूलाई पुर्वशिक्षक बताउने साहको अवस्था सामान्य छ ।

जिप्रका अगाडी आएर शरीरमा पेट्रोल खन्याएको तत्काल प्रहरीले थाहा पाएपछि उनको उद्धार गरी नारायणी अस्पताल पुर्‍याएको छ । प्रजिअ अर्यालकै गाडीमा राखेर अस्पताल पुर्‍याइएको हो ।

प्रजिअ अर्यालले भने, ‘आज साढे १२ बजेको समयमा साहले हातमा मुसा मार्ने विषादी बोकेर शरीरमा पेट्रोल छर्केर आत्मदाहको प्रयास गर्न खोजेका रहेछन् । तर तत्काल प्रहरीले थाहा पाएपछि उनको उद्धार गरी नारायणी अस्पताल पुर्‍याएको छ । उनको अवस्था सामान्य छ ।’

साहले एक लाख ५० हजार रुपैयाँ ऋण लिएर सो बापत उनले ६ लाख रुपैयाँ मूल्य पर्ने जमिन पास गरिदिएको र अहिले उक्त ऋण चुक्ता गरेर जमिन फिर्ता लिन खोज्दा नमानेको साहाले बताएको प्रजिअ अर्यालले बताए ।

अर्यालले भने, ‘साहले एक लाख ५० हजार रुपैयाँ ऋण लिएका रहेछन् । सो बापत उनले ६ लाख रुपैयाँ मूल्य पर्ने जमिन पास गरिदिएका रहेछन् । अहिले उक्त ऋण चुक्ता गरेर जमिन फिर्ता लिन खोज्दा नमानेको उनले बताएका छन् ।’

आज एक्कासी आवेगमा आएर उनले आत्मदाहको प्रयास गरेको अर्यालले बताए ।

प्रतिक्रिया दिनुहोस