६ बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

डिजिटल लतले समाजमा पार्ने असरको कथामा आधारित फिल्म ‘झिल्को’ टिजर सार्वजनिक

अ+ अ-

काठमाडौँ। डिजिटल प्रविधिको द्रुत विकाससँगै समाजमा बढ्दै गएको मोबाइल निर्भरता र त्यसले पार्ने प्रभावलाई उजागर गरिएको फिल्म ‘झिल्को’ को टिजर सार्वजनिक भएको छ। ‘झोला’ का निर्देशक यादकुमार भट्टराई निर्देशित यस फिल्मले आधुनिक पुस्तामा डिजिटल लतले पार्ने मनोवैज्ञानिक, सामाजिक तथा पारिवारिक असरलाई चित्रण गरेको छ।

टिजरमा विशेष गरी बालबालिकादेखि युवापुस्तासम्म मोबाइलको अत्यधिक प्रयोगले पार्ने नकारात्मक प्रभावलाई प्रस्तुत गरिएको छ। मोबाइलमा अति निर्भरताको कारण सम्बन्धमा आउने दूरी, पारिवारिक संवेदनशीलतामा आउने परिवर्तन तथा डिजिटल संसारमै गुम्सिएर वास्तविक जीवनबाट टाढिँदै गएका पात्रहरूको कथा टिजरमा झल्किन्छ।

निर्देशक भट्टराईले यसअघि ‘झोला’ र ‘भोर’ जस्ता सामाजिक सन्देश प्रवाह गर्ने फिल्महरू निर्देशन गरिसकेका छन्। यस फिल्ममा आयुषि ढकाल, सुनिल पोखरेल, वर्षा शिवाकोटी, विशाल पोखरेल, भोलाराज सापकोटा, जेभिन श्रेष्ठ र जेभिस श्रेष्ठको अभिनय रहेको छ।

फिल्ममा दीपक बज्राचार्यको छायांकन, निमेष श्रेष्ठको सम्पादन तथा निर्देशक भट्टराई, अरुणदेव जोशी र देवव्रतको कथा तथा पटकथा समावेश छ। गीत आनन्द अधिकारीले लेखेका छन् भने चण्डीप्रसाद काफ्ले र दीपक शर्माले संगीत दिएका छन्।

मिडिया फर कल्चर प्रालि को प्रस्तुति तथा जनता टिभी को निर्माण सहकार्यमा बनेको ‘झिल्को’ आगामी वैशाख १९ गते प्रदर्शनमा आउने तयारीमा छ।

प्रतिक्रिया दिनुहोस