६ बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सामाजिक सुरक्षा कोषमा आबद्ध भए भीमफेदीका ९९ जना श्रमिक

अ+ अ-

काठमाडौँ । मकवानपुरको भीमफेदी गाउँपालिकाले यस वर्ष अनौपचारिक क्षेत्रमा कार्यरत ९९ श्रमिकलाई सामाजिक सुरक्षा कोषमा आबद्ध गराएको छ । पालिकाले सोमबार एक कार्यक्रमका बीच अनौपचारिक क्षेत्रमा कार्यरत ९९ श्रमिकलाई सामाजिक सुरक्षा कोषमा आबद्ध गराएको हो ।

सिकर्मी, डकर्मी, कृषि मजदुर र सवारीसाधनमा काम गर्ने श्रमिकलाई गाउँपालिकाले कोषमा आबद्ध गराएपछि मजदुरहरूले आफ्नो भविष्यको उपचार सुविधा पाउने अवस्था बनेको भन्दै खुसी प्रकट गरेका छन् । गाउँपालिकाले गत वर्ष अनौपचारिक क्षेत्रका ९८ श्रमिकलाई कोषमा आबद्ध गराएको थियो ।

अनौपचारिक क्षेत्रका श्रमिकलाई सामाजिक सुरक्षा कोषमा आबद्ध गराउन नेपाल सरकारले औद्योगिक क्षेत्रका लागि तोकेको न्यूनतम आधारभूत पारिश्रमिकको ११ प्रतिशत अर्थात् १ हजार १९० रुपैयाँ र गाउँपालिकाको तर्फबाट ९ दशमलव ३७ प्रतिशत अर्थात् १ हजार १४ रुपैयाँ थप गरी जम्मा २० दशमलव ३७ प्रतिशत अर्थात् २ हजार २०४ रुपैयाँ मासिक गाउँपालिकाको कोषमा जम्मा गरिने व्यवस्था मिलाएको छ ।

भीमफेदीले यसअघि १३ माघ २०८० मा ९८ जना श्रमिकलाई कोषमा आबद्धता गराएको थियो । जसमा ८७ जनाले कोषमा निरन्तर रकम जम्मा गराउँदै आएका छन् । दुई वर्षमा १ सय ९७ जनालाई कोषमा समावेश गराइएको पालिका अध्यक्ष हिदम लामाले प्रशासनलाई बताए । उनले अनौपचारिक क्षेत्रका श्रमिकलाई सामाजिक सुरक्षा योजनामा आबद्ध गराउने भीमफेदी गाउँपालिका देशकै पहिलो पालिका भएको जानकारी समेत दिए ।

अनौपचारिक क्षेत्रका श्रमिकका लागि तोकिएको मासिक १० हजार ८२० रुपैयाँ (महंगी भत्ताबाहेक) मा पारिश्रमिकबाट ११ प्रतिशत अर्थात् १ हजार १९० रुपैयाँ र भीमफेदी गाउँपालिकाले ९ दशमलव ३७ प्रतिशत अर्थात् १ हजार १४ रुपैयाँ गरी २ हजार २०४ रुपैयाँ सामाजिक सुरक्षा कोषमा जम्मा हुने उनले बताए ।

चालु आवमा अनौपचारिक क्षेत्रमा कार्यरत श्रमिकलाई सामाजिक सुरक्षा कोषमा आबद्ध गराउने कार्यक्रमको शुभारम्भ गर्दै बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिंह लामाले पालिकाले यो उदाहरणीय कार्य गरेको बताए । यसले उनीहरूको जीवन र परिवारमा सहजता आउने उनको भनाइ थियो । यो कार्य भीमफेदी गाउँपालिकाले मात्र होइन प्रदेशका सबै पालिकाले अनुसरण गर्नुपर्ने मुख्यमन्त्री लामाले बताए ।

प्रतिक्रिया दिनुहोस