काठमाडौँ । सरकारले चिया विकास बोर्डको कार्यकारी निर्देशकमा फणीन्द्र पाण्डेलाई नियुक्त गर्ने निर्णय गरेको छ। एक मन्त्रीका अनुशार सोमबार राति बसेको मन्त्रिपरिषद् बैठकले पाण्डेलाई नियुक्त गर्ने निर्णय गरेको हो।
लमजुङका पाण्डेको नियुक्तिले चिया उद्योगको विस्तार, किसान हितका कार्यक्रम तथा अन्तर्राष्ट्रिय बजार प्रवर्द्धनलाई प्राथमिकता दिने अपेक्षा गरिएको छ।