काठमाडौँ । कास्कीमा भूकम्पको धक्का महसुस भएको छ । मंगलबार बिहान ४:११ बजे कास्की केन्द्रबिन्दु बनाएर भूकम्प गएको हो ।
राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार कास्कीको साइमाराङ केन्द्र भएर ४.३ म्याग्निच्युडको भूकम्प गएको हो ।भूकम्पको धक्का पोखरासहित पश्चिम नेपालका विभिन्न जिल्लामा महसुस गरिएको छ ।