काठमाडौँ । चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) वीर अस्पतालको कार्यकारी निर्देशकमा डा. दिलीप शर्मा नियुक्त भएका छन्।
प्रतिष्ठानका सहकुलपतिसमेत रहेका स्वास्थ्य मन्त्री प्रदीप पौडेलले डा. शर्मालाई दुई वर्षका लागि वीर अस्पतालको निर्देशक नियुक्त गरेका हुन् ।
न्याम्सका उपकुलपति डा. भूपेन्द्र बस्नेतले सिफारिस गरेका डा. शर्मासहित डा. समाज गौतम र डा. अनुपमा कार्कीमध्ये शर्मालाई आजबाट निर्देशकको जिम्मेवारी दिएका हो ।
गत शुक्रबार मात्रै उपकुलपति प्रा.डा. बस्नेतले डा. शर्मा सहित डा. अनुपमा कार्की र डा. समाज गौतम गरी तीन जनाको नाम निर्देशक पदका लागि सिफारिस गरेका थिए । मन्त्री पौडेलले पहिलो नम्बरमा सिफारिसमा परेका डा. शर्मालाई निर्देशक बनाउने निर्णय गरेको हो ।
डा. शर्मा वीर अस्पतालमै कार्यरत वरिष्ठ कलेजो रोग विशेषज्ञ हुन्। डा. शर्माले यसअघि चिकित्सा शिक्षा आयोगको निर्देशक र नेपाल मेडिकल काउन्सिलको रजिष्ट्रार भएर काम गरिसकेका छन्।