काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले लोकतन्त्रभित्रै आफ्नो ठाउँ खोज्न राजावादीहरूलाई आग्रह गरेका छन् ।
‘राजावादीहरूलाई मेरो आग्रह छ, ‘लोकतन्त्रभित्रै आफ्नो ठाउँ खोज्नुस्,’ मंगलबार संसद्मा विशेष समय लिएर बोल्दै ‘प्रचण्ड’ले भने ।
लोकतन्त्र जति ‘प्रचण्ड’को हो त्यति नै ज्ञानेन्द्र शाहको पनि भएको र यही भाव संविधानमा रहेको उनले बताए ।
‘लोकतन्त्रमा मूलभूत मान्यता नमानेर असंवैधानिक र अलोकतान्त्रिक बाटो रोजियो भने क्रान्ति फेरि एक पटक आफ्नो शक्ति देखाउने छ’ उनले चेतावनी दिए ।