६ बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

संघीय लोकतान्त्रिक गणतन्त्र जोगाउन सहकार्य आवश्यक छ : महामन्त्री थापा

अ+ अ-

काठमाडौँ । नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले संविधान र संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थालाई बलियो बनाउन दलबीच सहकार्य आवश्यक रहेको बताएका छन् । 

आजको प्रतिनिधि सभा बैठकमा बोल्दै उनले नेपाली काँग्रेस संविधानप्रति पूर्ण प्रतिबद्ध रहेको र कुनै पनि प्रतिगमन वा षड्यन्त्रका विरुद्ध सबै दलसँग सहकार्य गर्न तयार रहेको स्पष्ट पारे । 

थापाले अहिले नागरिक तहमा देखिएको असन्तुष्टिको कारणलाई गम्भीरतासाथ लिनुपर्नेमा जोड दिए । उनले ठूलो सङ्ख्यामा युवा सडकमा उत्रिनु व्यवस्था विरोधी चेतावनी भएकाले यसलाई नजरअन्दाज गर्न नहुने बताए । “नागरिक तहमा असन्तुष्टि छ, आक्रोश छ । त्यसलाई हामीले सम्बोधन गर्नुपर्छ, बेवास्ता गर्नु हुँदैन,” उनले भने ।

लोकतान्त्रिक व्यवस्थामा आलोचना स्वीकार्य भएपनि दलप्रति घृणा फैलाउने काम गर्न नहुने उनको भनाइ छ । “हामीले आलोचना गर्नुपर्छ, प्रश्न उठाउनु पर्छ, तर लोकतन्त्रलाई कमजोर पार्ने गरी द्वेष फैलाउनु हुँदैन,” उनको भनाइ थियो ।

महामन्त्री थापाले संघीयता बलियो बनाउन प्रदेशलाई अधिकार सम्पन्न बनाउनेतर्फ केन्द्र सरकार उदासीन रहेको आरोप लगाए । “हामी आफैँले प्रदेशलाई अधिकार नदिएर कमजोर बनाएका हौँ । कानुन निर्माण नहुँदा प्रदेश सरकार असक्षमजस्तै बनेका छन्,” उनले भने । 

भ्रष्टाचार नियन्त्रणमा राज्य संयन्त्रलाई प्रभावकारी बनाउनुपर्नेमा थापाले जोड दिए। “सांसदको सम्पत्तिको छानबिन गर्न हामी सबैले माग गरिरहेका छौँ । त्यसका लागि उपयुक्त आयोग वा उच्चस्तरीय समिति के गठन गर्नुपर्छ ? त्यसका लागि हामी तयार छौँ,” उनले भने । 

महामन्त्री थापाले लोकतन्त्रमा नागरिक सर्वोपरि हुने भएकाले सबै दललाई संविधान र लोकतान्त्रिक मूल्यको रक्षाका लागि साझा पहल गर्न आह्वान गरे । 

प्रतिक्रिया दिनुहोस