६ बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

साउदीमा अमेरिका र युक्रेनबीच भएको वार्तामा रचनात्मक छलफल भएको दाबी

अ+ अ-

काठमाडौँ । युक्रेनले अमेरिकासँगको वार्ता धेरै रचनात्मक भएको दाबी गरेको छ। साउदी अरेबियाको पहलमा मंगलबारदेखि जेदाहमा सुरु भएको द्विपक्षीय वार्तामा अमेरिका र युक्रेन अधिकारीबीच जारी वार्ता सकारात्मक बनेको दाबी गरिएको हो।

युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीका कार्यालय प्रमुख एन्ड्री यरमाकले उक्त दाबी गरेका हुन्। ‘अमेरिकी टोलीसँगको बैठक धेरै रचनात्मक तरिकाले सुरु भयो। हामी न्यायपूर्ण र दिगो शान्तिको लागि काम गरिरहेका छौँ, ’टेलिग्राममा उनले भनेका छन्। 

रुस-युक्रेनबीचको जारी युद्ध अन्त्य गर्ने उद्देश्यसाथ भइरहेको वार्तामा युक्रेनका विदेश मन्त्री एन्ड्री सैबिया, रक्षा मन्त्री रुस्तम उमिरोभ, अमेरिकी विदेश मन्त्री मार्को रुबियो र राष्ट्रिय सुरक्षा सल्लाहकार माइक वाल्टज, साउदी अरबका विदेश मन्त्री फैजल बिन फरहान र राष्ट्रिय सुरक्षा सल्लाहकार मोसम बिन मोहम्मद अल अ‍ैबान सहभागी थिए।

बीबीसीसँगको कुराकानीमा मार्कोले वार्ता राम्रो हुने बताएका थिए। उनले रुस र युक्रेनबीच कसरीट्ठ युद्धबिराम गर्ने सकिने विषयमा वार्ता केन्द्रित रहने बताएका थिए।

यता रसियाले साउदी अरबियाको वार्ताबाट आफूहरूले धेरै अपेक्षा नगरेको बताएको छ। साउदीका लागि राजदूत रहिसकेका एन्ड्रे बाक्लानोभले अमेरिकी र युक्रेनी अधिकारीहरूबीच भइरहेको वार्ताबाट धेरै अपेक्षा गर्न नसकिने बताएका हुन्। उनले जेलेन्स्कीलाई आफूहरूले वास्तविक राष्ट्रपति नमान्ने गरेको बताए।

प्रतिक्रिया दिनुहोस