१० बैशाख २०८२, बुधबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

शून्य समयमा समसामयिक विषयमा सरकारको ध्यानाकर्षण

अ+ अ-

काठमाडौँ । सांसदहरुले शिक्षा, स्वास्थ्य, रोजगारी, शान्ति सुरक्षा र सडक निर्माणलगायत समसामयिक विषयमा सरकारको ध्यानाकर्षण गराएका छन् ।

प्रतिनिधि सभाको आजको बैठकको शून्य समयमा सांसद बिना लामाले राष्ट्रिय प्राकृतिक तथा वृत्त आयोगले बनाएको मापदण्डमा असन्तुष्टि जनाइन् । “आयोगले समानिकरण अनुदानको मापदण्ड पक्षधरका आधारमा बनाएको आरोप छ”, उनले भनिन्, “आयोगको स्वीकृति बिना युएसएआइडीका परियोजना दुरुपयोगमा आयोगकै पदाधिकारी संलग्न रहेको सुनिएको छ, यस विषयमा के भएको हो सदनलाई जानकारी गराउनुपर्छ ।”

सांसद श्यामकुमार घिमिरेले सिन्धुलीको सुगुरे खोलाभन्दा अगाडिपट्टि रहेको अक्कर भिरमा बर्सेनि आउने पहिरोका कारण सवारी साधन सञ्चालनमा समस्या भइरहेको भन्दै सरकारको ध्यानाकर्षण गराए । “पहिरोका कारण अक्कर भिरबाट जुनसुकै बेला पनि गाडी खस्न सक्ने जोखिम छ, उक्त स्थानमा हिउँदमा पनि पहिरो झरिरहन्छ, बर्सातमा जोखिम बढी हुन्छ, उक्त समस्या समाधान गर्न सरकारको ध्यान जान जरुरी छ”, उनले भने ।

सांसद शान्ति विकले अहिलेको केही व्यक्तिले लोकतान्त्रिक गणतन्त्रलाई गलत रूपमा व्याख्या गरेको उल्लेख गर्दै विगत भइसकेको राजतन्त्र वर्तमानमा सम्भव नभएको बताए । उनले सरकारले अर्थतन्त्र सुधार, रोजगारी सृजना, गुणस्तरीय र सर्वसुलभ शिक्षा र स्वास्थ्य, पूर्वाधार विकास, सुरक्षा तथा न्यायको व्यवस्थाका साथै दिगो विकासमा ध्यान दिनुपर्नेमा जोड दिए ।

सांसद शिव नेपालीले बन्दी महिलाहरूको न्याय, पुन:स्थापना र वित्तीय शिक्षाका लागि सरकारको ध्यानाकर्षण गराए । सांसद शिशिर खनालले काठमाडौँ उपत्यकामा देखिएको खानेपानीको समस्या समाधान गर्नुपर्ने माग गरे ।

सांसद शेरबहादुर कुँवरले पछिल्लो केही दिनदेखि विभिन्न माग राखेर आन्दोलनरत शिक्षकहरूको माग सम्बोधन गर्न सरकारसँग माग गरे । सांसद शोभा ज्ञवालीले कृषिको आधुनिकीकरण र व्यवसायीकरण गर्नुपर्ने आवश्यकता औँल्याइन् । सांसद सन्तोष चालिसेले काठमाडौँको जोरपाटी-सुन्दरी जल सडकमा पर्ने चार वटा पुल निर्माण गर्नुपर्नेमा सरकारको ध्यानाकर्षण गराए ।

सांसद सन्तोष परियारले सूर्य विनायक–साँगा–धुलिखेल सडक विस्तारमा ढिलाइ भएको भन्दै जतिसक्दो चाँडो सम्पन्न गर्नका लागि सरकारको ध्यानाकर्षण गराए ।

शून्य समयमा सांसदहरु शंकर भण्डारी, सरिता भुसाल, डा. स्वर्णिम वाग्ले, शान्ति चौधरी, सुमना श्रेष्ठ, सुनिता बराल, सरस्वती सुब्बालगायतले मुलुकको समसामयिक विषयमा सरकारको ध्यानाकर्षण गराए ।

प्रतिक्रिया दिनुहोस