६ बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

अवैध जुवा र ठगीको आरोपमा थाइल्याण्डका प्रहरी उपप्रमुख निलम्बित

अ+ अ-

ब्रसेल्स । थाइल्याण्डले अवैध जुवा तास र आर्थिक ठगीमा संलग्न भएको आरोपमा आफ्ना एक उच्च पदस्थ प्रहरी अधिकारीलाई निलम्बन गरेको छ । प्रहरी उपप्रमुख सुराशाट हाक्पार्नलाई मंगलबार औपचारिक रूपमा निलम्बन गरिएको प्रहरीले जनाएको छ ।

‘बिग जोक’ उपनामले चिनिने सुराशाटलाई सन् २०२३ मा ‘बेटफ्लिक्स’ को नाममा रेकर्ड गरिएको अवैध अनलाइन जुवा नेटवर्कमा संलग्नता रहेको आरोपमा अनुसन्धानका लागि निलम्बन गरिएको हो ।

उनीमाथि सम्पत्ति शुद्धीकरणको आरोप लगाइएको छ । उनीले आरोपको खण्डन गरेका छन् तर अनुसन्धान जारी रहँदा पदीय प्रभाव पर्न सक्ने भन्दै उनी निलम्बित गरिएको छ।थाई प्रहरीले उनीलाई बर्खास्त गर्नु ‘अनुसन्धानको क्रममा रहेका अधिकारीहरूका लागि अनुशासनात्मक प्रक्रिया’ अनुरूप भएको बताएको छ।

बाजीका अधिकांश रूपहरू थाइल्याण्डमा अवैध मानिन्छन् । थाई अधिकारीहरूले प्राय: विदेशी स्वामित्वमा रहेका अवैध जुवा खेल्ने स्थल र वेबसाइटहरू बन्द गर्न प्रयास गरिरहेका समय अनुसन्धानका लागि उनको निलम्बन भएको हो ।

लामो समयदेखि सेवारत सुराशाटलाई अघिल्लो सेना समर्थित सरकारका शक्तिशाली व्यक्तिहरूसँग जोडिएको छ ।

उनीलाई सन् २०१८ को सेप्टेम्बरमा तत्कालीन उपप्रधानमन्त्री प्रवित वोङसुवानले अध्यागमन ब्युरोको प्रमुखमा नियुक्त गरेका थिए ।

सन् २०२१ मा तत्कालीन प्रधानमन्त्री प्रयुत चान-ओ-चाले उनीलाई प्रहरीको रणनीतिसम्बन्धी विशेष सल्लाहकार बनाउनुअघि उनी सन् २०१९ मा केही समय सम्पर्कविहीन भएका थिए । उनी किन बेपत्ता भएका थिए भन्नेबारे कुनै कारण स्पष्ट गरिएको थिएन ।

सुराशातलाई बर्खास्तीविरुद्ध अपिल गर्न ३० दिनको समय दिइएको छ ।

“उहाँलाई मुद्दा लड्ने र अपिल गर्ने अधिकार छ,” पूर्व प्रहरी प्रमुख तथा हाल राष्ट्रिय प्रहरी समितिका सदस्य एक आङसानोन्टले सार्वजनिक प्रसारक थाई पीबीएसलाई बताए ।

गत महिना थाइल्याण्डका प्रधानमन्त्री पेटोङतार्न सिनावात्राले रोयल थाई प्रहरीलाई मानव बेचबिखन र लागू औषधसम्बन्धी अपराधविरुद्ध लड्न प्रयास बढाउन आग्रह गरेका थिए ।

प्रतिक्रिया दिनुहोस