काठमाडौँ । नेपाल टेलिकमको मोबाइल र ल्यान्डलाइन टेलिफोन लगायतका सेवामा समस्या देखिएको छ ।
नेपाल टेलिकमको मोबाइल र टेलिफोनबाट फोन नलाग्ने र एसएमएस नजाने लगायतका समस्या देखिएको हो । मोबाइल डेटा सेवा समेत प्रभावित भएको छ ।
पछिल्ला केही दिन यता टेलिकमको टेलिफोन नेटवर्कमा जोडिएका सेवाहरू राम्रोसँग चलेका छैनन् । सेवामा समस्या आएकोबारे टेलिकमले वेबसाइट र सामाजिक सञ्जालमा समेत कुनै जानकारी दिएको छैन । जसको चौतर्फी आलोचना भइरहेको छ ।
नेपाल टेलिकमको सेवामा पटक-पटक यस्तो समस्या आउने गरेको छ । यसले सेवाग्राहीहरू मर्कामा पर्ने गरेका छन् ।