१४ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

गृहमन्त्री लेखकको दाबी : ‘पर्यटन प्रवर्द्धनमा उत्पन्न समस्या समाधान गर्न सरकार तयार छ’

अ+ अ-

काठमाडौँ ।  गृहमन्त्री रमेश लेखकले नेपाल सरकार निजी क्षेत्रसँग मिलेर व्यवसायी वातावरण निर्माण गर्ने कुरामा अगाडि बढेको बताएका छन् । 

बुधबार काठमाडौँमा टानद्वारा आयोजित लोसार कार्यक्रममा गृहमन्त्री लेखकले व्यवसायी वातावरण निर्माणका लागि सरकारले अध्यादेश जारी गरेको बताएका हुन् ।  

‘व्यवसायी वातावरण निर्माणका लागि सरकारले भरखर केही अध्यादेश जारी गरेका छौँ । अध्यादेश संघीय संसदबाट स्वीकृत भइसकेका छन् । आज मात्र ती अध्यादेशलाई प्रतिस्थापन गर्ने गरेर केही  विधेयक अगाडि बढाएका छौँ, ’उनले भने । 

निजी क्षेत्रले पर्यटन प्रवर्द्धन र आर्थिक वृद्धिका लागि अगाडि बढ्दा उत्पन्न हुने समस्या समाधान गर्न नेपाल सरकार तयार रहेको गृहमन्त्री लेखकले बताए । ‘तपाईँको व्यवसायलाई सरल, सहज, पर्यटनमैत्री बनाउन कसरी सकिन्छ । त्यसका लागि नेपाल सरकार तपाईंहरुसँग मिलेर काम गर्न तयार छ, ’उनले भने । 

पर्यटन व्यवसायीका समस्या समाधान गर्न सरकार तयार रहेको गृहमन्त्री लेखकले बताए । ‘तपाईँहरूले भिसाको कुरा गर्नु भएको छ । कतिपय क्षेत्रमा आवागमन अवरुद्धको कुरा उठाउनु भएको छ । यसको सहजता र सरलताका लागि हामी तयार छौँ । यी विषयमा छलफलका लागि सम्बन्धी मन्त्रालयमा आउनुहोस्,’ उनले भने ।  

पर्यटनको विकासका लागि टानले योगदान गरेको भन्दै पर्यटन व्यवसायीको लगानीलाई सुरक्षित गर्न सरकार तयार रहेको उनको भनाइ छ ।

गृहमन्त्री लेखकले टानले विदेशी पर्यटनलाई नेपालमा आकर्षण गर्नका लागि टानले राम्रो काम गरेको बताए । ‘हामीसँग प्राकृतिक सम्पदा छ, प्राकृतिक सुन्दरता छ । नेपाल सरकार निजी क्षेत्रसँग मिलेर काम गर्न तयार छ । भाषिक सभ्यता र संस्कृतिका महत्त्वपूर्ण धरोहर छन् । टानले विदेशी पर्यटनलाई आकर्षण गर्न राम्रो काम गरेको छ, ’उनले भने ।

प्रतिक्रिया दिनुहोस