६ बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

प्रेम र यौनको प्रतीकका रूपमा भक्तपुरमा होली पर्व

अ+ अ-

भक्तपुर । भिसीं द्यो या लग खङ लो वान ला, बिस्यु वाने मायक स्व वया ला’ अर्थात् ‘भिमसेनको लिङ्गले मन लोभियोकी, भाग्नु पर्ने गरी हेर्न आको हो कि’ भक्तपुर नगरपालिका तचपालस्थित दत्तात्रय मन्दिर अगाडिको भीमसेन मन्दिरको पाटीमा होली पर्वमा गुञ्जने यस्ता गीत अहिले लोपोन्मुख छन् ।

भीमसेन मन्दिरको पाटीमा बसेर फागुन शुक्ल अष्टमीको दिनदेखि पूर्णिमासम्म भीमसेन गुठीका गायजुले यस्ता गीत गाएर होलीको आगमनसँगै बिदाइ गर्ने प्रचलन थियो । तर अहिले कतिपय स्थानीयलाई फागुसँग सम्बन्धित दाफा भजन छ भन्ने हेक्का नै छैन । 

फागुन शुक्ल अष्टमीका दिन मन्दिरमा राखिएको तीन हात लामो ३० इन्च मोटो काठबाट बनेको लिङ्गलाई ब्रम्हायणी खोलामा लगेर स्नान गराई काँधमा बोकेर ब्रम्हायणी, च्यामासिंह, जेँला, इनाचो, बाचुटोल हुँदै, तचपालस्थित दत्तात्रय मन्दिर वरिपरि रहेको घर र पसलमा घुमाउने प्रचलन छ । यसरी घुमाउँदा भक्तजनले स्पर्र्शगरी ढोग्ने, दान दक्षिणा दिने र साँझ मन्दिरको पाटीमा झुन्ड्याउने परम्परा रहे पनि लिङ्गलाई टोलटोलमा घुमाउने प्रचलन हराउँदै गएको छ । 

नेवारी परम्पराअनुसार यसलाई चिर स्वायगू अथार्त लिङ्ग घुमाएपछि यहाँ फागु सुरु हुने परम्परा छ । ‘झ्यालय् च्वंगु तुकं मा, वहे ल्यासे जित: मा:, व ल्यासे मदयकं जा हे मनया’ अर्थात् झ्यालभरि तोरीको माला छ, त्यही तरुनी मलाई चाहिन्छ, त्यो तरुनी नपाएसम्म भातै खान्नँ भन्ने अर्थ बोकेको गीत गाएर प्रेमको पर्वको रूपमा यो पर्वलाई लिने गरिन्छ । 

यस पर्वमा गाइने ‘अबिरया होली तंचाया ला ल्यासे, अबिरं छगुं ख्वा: हिसि दयेका बी’ अर्थात् अबिरको होली, रिसायौ कि तरुनी, अबिरले तिम्रो मुहार हिस्सी बनाइदिउँ कि’ जस्ता अर्थ बोकेको नेपाल भाषाका दाफा भजनले प्रेम दर्साएको पाइन्छ । होलीको दिन आफूलाई मन परेको युवतीलाई भजनबाटै प्रेम प्रस्ताव राख्ने प्रचलन लोप भइसकेको छ ।

भीमसेन गुठीले परम्परादेखि होलीलाई प्रेम र यौन पर्वसँग दाँजेर मनाउँदै आएको छ । गुठीले हरेक वर्ष फागुन शुक्ल अष्टमीको दिनदेखि फागु पूर्णिमासम्म भीमसेन मन्दिरमा भिमसेनको लिङ्ग र द्रौपदीको योनिको प्रतीकलाई झूण्ड्याएर यौन समागमको प्रतिबिम्ब चित्रण गरेको छ । सातदिनसम्म लिङ्ग र योनिको पूजा एवं दर्शन स्थानीयले गर्ने गरेका छन् । 

भीमसेन र द्रौपदीको यौन सम्बन्धका प्रतिकलाई यहाँका बासिन्दाले विकृतिको रूपमा नभई सांस्कृतिक महत्वको रूपमा संरक्षण गर्दै आएका छन् । 

यहाँ दर्शन गर्न आउनेले भीमसेनको लिङ्ग हल्लाउने गर्छन् । एक सातासम्म स्थानीय बासिन्दा द्रौपदीको योनिमा भीमसेनको लिङ्ग घचेटेर ढोग्ने गर्छन् । काठको लिङ्गको टुप्पोमा कपास झुन्ड्याउने गरिन्छ । यहाँ दर्शन गर्न आउनेले लिङ्ग र योनिको समागम गराउँदा कपासलाई वीर्यको प्रतिको रूपमा लिन्छन् । यसरी दर्शन गर्दा पारिवारिक सुख, दीर्घायु मिल्ने र व्यापार वृद्धि हुने जनविश्वास छ ।  

यसलाई हेर्दा अश्लिलता प्रदर्शन गरे जस्तो देखिए पनि भक्तपुरका बासिन्दाले धार्मिक मान्यताका रूपमा लिँदै आएका छन् । आज बिहानै भीमसेन र काठको लिङ्ग दर्शन गर्दै स्थानीय ६९ वर्षका विष्णुभक्त श्रेष्ठले भिमसेनको लिङ्ग दर्शन गरेमा व्यापार बढ्ने विश्वास रहेको बताए। यो लिङ्गको दर्शन गर्न महिला पुरुष पूर्णिमाको दिनसम्म हरेक दिन बिहान आउने गर्दछन् । लिङ्गको दर्शन गरेर भेटी चढाउने गरेका छन् । 

भक्तपुरका इतिहास एवं संस्कृतिविद् डा पुरुषोत्तमलोचन श्रेष्ठ यो पर्वलाई धार्मिक, सांस्कृतिक र सामाजिक पर्वको रूपमा परापूर्वकालदेखि मनाइँदै आएको बताउछन् । “यहाँ जीवन छ, त्यसैले उत्सव छ, अनि उत्सव छ र त जीवन छ”, उनले भने, “वर्षौदेखि यहाँ प्रेम र यौनको प्रतिकका रूपमा होली पर्व मनाउँदै आइएको छ ।” 

मन्दिरमा झुन्ड्याइएको काठको लिंग भिमसेनको प्रतीकको रूपमा रहेको बताउँदै उनले यसलाई प्रेम र यौनसँग जोडेर हेर्नुपर्ने बताए । यो पुरुष शक्तिको प्रतीकको रूपमा रहेको भन्दै उनले तान्त्रिक विधिअनुसार वषौँदेखि चल्दै आएको परम्परालाई अहिले भ्रम फैलाएर गलत अर्थ लगाउँदै इतिहास, धर्म र संस्कृति मास्न खोजिएको उनी बताउछन् । 

चिर स्वायगू अथार्त लिङ्ग झुन्ड्याएपछि यहाँका नेवार समुदाय भीमसेन मन्दिरमा गई गुठी भोज खाने गर्दछन् । यसलाई भिमसेनको प्रतीक मानिएकाले व्यापारीले यसको दर्शन गर्ने परम्परा रहँदै आएको छ । व्यापारीले भिमसेनको पूजा गर्ने स्मरण गराउँदै उनले काठको लिङ्गलाई भीमसेनकै रूपमा दर्शन गर्ने र यसो गर्दा व्यापार बढ्ने पुरानो मान्यता रहेको उनको भनाइ छ । 

फागु पूर्णिमाका दिन साँझ दत्तात्रय मन्दिर अगाडिको भिमसेनको मन्दिरबाट लिङ्ग निकाली काँधमा बोकेर ब्रम्हायणी मन्दिरस्थित खोलामा लगेर पखाल्ने र पुनः मन्दिरमा राख्ने परम्परा छ । त्यसपछि होली समाप्त हुने गर्दछ ।

यसरी मन्दिरबाट खोलासम्म लिङ्ग बोकेर लैजाने व्यक्तिको त्यसवर्ष छोरा जन्मन्छ भन्ने विश्वास गरिन्छ । नेसं ७८१ र ७९२ मा लेखिएका होलीसम्बन्धी गीत अझै गाउने गरिएको छ ।

प्रतिक्रिया दिनुहोस