काठमाडौँ । नेपाल विद्यार्थी संघको तनहुँमा रहेको नेता डा. शेखर कोइराला पक्षको समानान्तर समिति विघटन गरिएको छ ।
गत पुसमा सोनकुमार आलेलाई शेखर पक्षले नेविसंघको जिल्ला अध्यक्ष बनाएको थियो ।
आले नेतृत्वको समिति विघटन गरी संगठनमा एकीकृत गरिएको नेविसंघ तनहुँका अध्यक्ष आशिष कैनीले जानकारी गराए । आलेले संघका जिल्ला अध्यक्ष कैनीलाई समाहित भएको पत्र बुझाएका छन् ।
स्ववियु निर्वाचनलाई संगठनलाई प्रभावकारी र एक ढिक्का बनाउन एकीकृत भएको कैनीले जानकारी गराए ।