काठमाडौँ । बूढानीलकण्ठ स्कुलले कक्षा ५ देखि आवासीय रूपमा नि:शुल्क वा सहुलियत शुल्कमा अध्ययनका लागि विपन्न समुदायका जेहनदार बालबालिकाको लागि छात्रवृत्तिका लागि दरखास्त आह्वान गरेको छ ।
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय अन्तर्गतको सो स्कुलले काठमाडौँ तथा साझेदारी कार्यक्रममा सहभागी देशभरका विद्यालयहरूमा अध्ययनरत विपन्न समुदायका जेहेनदार बालबालिकाको लागि छात्रवृत्तिका लागि दरखास्त आह्वान गरेको हो ।
वि.सं. २०७१/०१/०१ गतेदेखि २०७२/१२/३० गतेसम्म जन्म भई कम्तीमा कक्षा ३ र कक्षा ४ मा सामुदायिक विद्यालयमा नियमित रूपमा अध्ययन गरी शैक्षिक सत्र २०८१ मा कक्षा ४ अध्ययन पूरा गरेका छात्र-छात्रामध्ये विभिन्न भौगोलिक क्षेत्र तथा लक्षित समुदाय समेतको प्रतिनिधित्व हुने गरी लिखित प्रतियोगितात्मक परीक्षाको नतिजाको योग्यताका आधारमा अन्तर्वार्ताबाट विद्यार्थी छनोट गरिने सूचनामा उल्लेख छ।
दरखास्त फारम आगामी चैत २६ गते मंगलबार दिउँसो १:०० देखि ४:०० बजेसम्म तथा २७ गते बुधबार बिहान ८:०० बजेदेखि १०:०० बजेसम्म बुझाउन सकिने छ । सूचनाअनुसार बुढानीलकण्ठ स्कुलका लागि खुला तथा आरक्षण सिटको संख्या ४२ रहेको छ ।
यस्तै साझेदारी कार्यक्रम अन्तर्गतका थप साझेदारी स्कुलका निमित्त समेत जिल्ला नदोहोरिने गरी ७७ जना विद्यार्थी छनोट हुनेछन् ।
