सुर्खेत। गाडीबाट हाम फाल्दा चोट लागेर एक पुरुषको मृत्यु भएको छ। मृत्यु हुनेमा वीरेन्द्रनगर नगरपालिका-१२ का ३७ वर्षीय लक्ष्मी प्रसाद उपाध्याय रहेका छन्।
गए राति ११ बजेतिर वीरेन्द्रनगर नगरपालिका–१२ तीनकुने चोकबाट ईत्रामतर्फ जाँदै गरेको भे १ ख १९०४ नम्बरको फोर्स गाडीको ढोकाबाट उनले हाम फालेको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ । अहिले गाडी चालकलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ।
फोर्स गाडीको ढोकाबाट हाम फाल्दा घाइते भएका उपाध्यायलाई अस्पताल लगेपछि डाक्टरले मृत घोषणा गरेका थिए ।