३ बैशाख २०८२, बुधबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

वन तथा वातावरण मन्त्री ऐन बहादुर शाही लण्डनमा, जलवायु तथा जल सुरक्षा सम्बन्धी उच्चस्तरीय छलफलमा सहभागिता

अ+ अ-

लण्डन । नेपाल सरकारका वन तथा वातावरण मन्त्री ऐन बहादुर शाही ठकुरी जलवायु, जल सुरक्षा र विकासको अन्तरसम्बन्धबारे बेलायतको विदेश, राष्ट्रमण्डल तथा विकास कार्यालय (एफसीडीओ)द्वारा आयोजित मन्त्रीस्तरीय गोलमेच छलफलमा सहभागी हुन लण्डन आइपुगेका छन्।

आज बिहान लण्डन पुगेका मन्त्री शाहीले दिउँसो मन्त्रीस्तरीय गोलमेच छलफलमा नेपालको जल सुरक्षा रणनीति प्रस्तुत गर्दै जलवायु परिवर्तनको प्रभाव र त्यसका समाधानबारे नेपालको दृष्टिकोण राखेका थिए। उक्त कार्यक्रममा जलवायु परिवर्तन र जल सुरक्षाबाट प्रभावित विभिन्न देशका मन्त्रीहरू, जलवायु तथा प्रकृतिसम्बन्धी विज्ञहरू, साथै विश्व बैंक, संयुक्त राष्ट्रसंघीय निकायहरू(संयुक्त राष्ट्रसंघीय वातावरण कार्यक्रम, संयुक्त राष्ट्रसंघीय बालकोष), अन्तर्राष्ट्रिय कृषि विकास कोष, तथा विश्व जल अर्थतन्त्र आयोगका प्रतिनिधिहरू उपस्थित थिए।

छलफलमा मन्त्री शाहीले जलवायु परिवर्तनका कारण नेपालका पारिस्थितिकी तन्त्र र जनजीवनमा देखिएको प्रभावबारे जानकारी गराउँदै सरकारको रणनीतिक पहलबारे प्रकाश पारे। हिमाली, पहाडी र तराई क्षेत्रमा जलवायु परिवर्तनका प्रभाव फरक-फरक रूपमा देखिएको उल्लेख गर्दै उनले जल सुरक्षाका लागि नेपालले अवलम्बन गरिरहेका नीतिहरू प्रस्तुत गरे।

सगरमाथा संवादबारे जानकारी
मन्त्री शाहीले नेपाल सरकारले सुरु गरेको ‘सगरमाथा संवाद’ (एभरेस्ट संवाद) को विषयमा पनि जानकारी गराए। उनले नेपालले अन्तर्राष्ट्रिय तहमा जलवायु संकटका मुद्दाहरू उठाउन थालेको बहुपक्षीय संवाद कार्यक्रमको पहिलो शृङ्खला सन् २०२५ को वैशाख ३/५ गते काठमाडौंमा आयोजना गरिने बताए। ‘जलवायु परिवर्तन, हिमाल र मानवताको भविष्य विषयमा केन्द्रित उक्त संवादले जलवायु संकट समाधानका लागि विश्वव्यापी सहकार्यलाई नयाँ दिशा दिने उनको भनाइ थियो।

बकिङ्घम दरबारमा जलवायु विशेष कार्यक्रम
आज साँझ मन्त्री शाही बेलायतका राजा चार्ल्स तृतीयद्वारा बकिङ्घम दरबारमा आयोजित ‘जल तथा जलवायु स्वागत समारोह’ मा सहभागी भए।

यसै अवसरमा, मन्त्री शाहीले नेपाल सरकारका परराष्ट्र मन्त्री अर्जु राणा देउवाको तर्फबाट बेलायतका अन्तर्राष्ट्रिय विकास, ल्याटिन अमेरिका र क्यारिबियन मामिलाका राज्य मन्त्री सुश्री बैरोनेस चापम्यानलाई ‘सगरमाथा संवाद’ मा सहभागी हुन औपचारिक निमन्त्रणा हस्तान्तरण गरे। साथै, बेलायतका प्रकृति विशेष प्रतिनिधि सुश्री रुथ डेभिसलाई पनि नेपाल सरकारको निमन्त्रणा पत्र प्रदान गरे।

नेपालका लागि बेलायतस्थित नेपाली राजदूत चन्द्र कुमार घिमिरेले मन्त्री शाहीलाई दुवै कार्यक्रममा साथ दिएका थिए। नेपाली दूतावास, लण्डनका अनुसार मन्त्री शाही भोलि पनि एक विशेष कार्यक्रममा सहभागी हुनेछन्।

प्रतिक्रिया दिनुहोस