काठमाडौँ । महोत्तरीको लोहारपट्टी नगरपालिका-४ मा सशस्त्र प्रहरी नायव निरीक्षक (सई) धर्मेन्द्र सिंहमाथि १० वर्षीया बालिकालाई जबरजस्ती करणीको आरोप लागेको छ ।
वडा नम्बर ४ पिपराढी स्थित रेल्वेट्रयाक पोस्टमा कार्यरत सई सिंहले १० वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको भन्दै स्थानीयहरूले अहिले सशस्त्र प्रहरी पोस्ट घेराउ गरिरहेका छन् ।
स्थानीयहरूले पोस्ट घेराउ गरेपछि आरोपी सई सिंहलाई सशस्त्र प्रहरीको टोलीले नै नियन्त्रणमा लिएको छ । जिल्ला प्रहरी कार्यालय महोत्तरीले बालिकामाथि दुर्व्यवहार भएको बताएको छ ।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।