काठमाडौँ । समाजवादी मोर्चाले प्रतिगामी कदमलाई असफल बनाउन बुद्धिजीवी र नागरिक समाजसँग अन्तरक्रिया गर्दै छ ।
मोर्चामा सहभागी नेपाल कम्युनिस्ट पार्टीका नेता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’का अनुसार पछिल्लो राजनीतिक परिस्थिति जटिल बनेको निष्कर्ष निकाल्दै बुद्धिजीवी र नागरिक समाजसँग अन्तरक्रिया गर्न लागिएको हो ।
मोर्चाले परिस्थिति एकपछि अर्को जटिल बन्दै गएको भन्दै यसलाई असफल बनाउन चैत्र १५ गते काठमाडौँमा वृहत् विरोध कार्यक्रम गर्ने बताएको । जसका लागि हजारौँ मानिस उतार्ने गरी तयारी गर्ने निर्णय भएको प्रकाण्डले बताए।
उनले संसदवादी दलहरू र संसदीय राजनीतिभन्दा बाहिर रहेका राजनीतिक दल र नेताहरूसँग पनि नयाँ ढंगले छलफल गर्ने निर्णय भएको जानकारी गराए ।