काठमाडौँ । इस्लामिक गणतन्त्र पाकिस्तानका प्रधानमन्त्री शहबाज शरिफले यसअघिका प्रधानमन्त्रीहरूभन्दा फरक देखिँदै हिन्दु धर्मावलम्बीको पर्व ‘होली’का अवसरमा शुभकामना दिएका छन् ।
उनले सामाजिक सञ्जालमार्फत शुभकामना सन्देश दिँदै रङको यो पर्व वसन्तको आगमन र प्रेमको प्रतीक रहेको उल्लेख गरेका छन् । यसअघि पाकिस्तानमा हिन्दुहरूको पर्वमा यसरी शुभकामना दिने प्रचलन विरलै थियो ।
प्रधानमन्त्री सरिफले पाकिस्तानमा रहेका हिन्दु धर्मावलम्बीलाई विशेष शुभकामना व्यक्त गर्दै यो पर्वले तपाईँहरूको जीवनलाई खुसी, स्वास्थ्य, सफलता र समृद्धिले भरोस् भन्ने कामना गरेका छन् ।