६ बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

नेविसंघले ‘स्मार्ट शिक्षा नीति’ ल्याउन पहल गर्ने

अ+ अ-

काठमाडौँ । नेपाल विद्यार्थी संघ (नेविसंघ) ले ‘स्मार्ट शिक्षा नीति’ ल्याउन पहल गर्ने प्रतिबद्धता जनाएको छ । 

नेविसंघले आज यहाँ पत्रकार सम्मेलन गरी ‘स्वतन्त्र विद्यार्थी युनियन’ (स्ववियु) को चुनावी घोषणापत्र सार्वजनिक गर्दै हरेक विश्वविद्यालय तथा क्याम्पसमा ‘डिजिटल लाइब्रेरी’ र ‘नि:शुल्क वाइफाइ व्यवस्थापन’ का लागि पहल गर्नेसमेत जनाएको छ ।  

विद्यार्थी स्वयम्को सक्रिय सहभागिता र नेतृत्वमा डिजिटल माध्यममार्फत ज्ञान सिर्जना, संग्रह र प्रवर्द्धन गर्ने कार्यक्रम सञ्चालन, अनुसन्धान, रचनात्मक लेखन, शैक्षिक सामग्री निर्माण तथा डिजिटल पुस्तकालय विस्तारलाई प्रोत्साहन गरिने नेविसंघले घोषणा पत्रमा उल्लेख गरेको छ ।

यस्तै, त्रिभुवन विश्वविद्यालयका हालसम्मका सम्पूर्ण शोधपत्र सङ्ग्रह गरी अभिलेख निर्माण गर्ने, क्याम्पस परिसरमा सस्तो तथा नि:शुल्क छात्रवास व्यवस्थाका लागि पहल गर्ने, व्यावहारिक शिक्षा सुधार तथा ‘पेड इन्टर्नसिप’ कार्यक्रम अगाडि सार्नेसमेत नेविसंघले जनाएको छ । अध्यक्ष दुजाङ शेर्पाले नेविसंघ विद्यार्थीको हक, हित र मुद्दामा सधैँ झैँ इमान्दार रहेको विचार व्यक्त गरे । 

प्रतिक्रिया दिनुहोस