७ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

दक्ष जनशक्ति उत्पादनका लागि सीपमूलक तालिम

अ+ अ-

म्याग्दी । स्थानीय स्तरमा आवश्यक दक्ष जनशक्ति तयार पार्न म्याग्दीको धौलागिरि गाउँपालिका–१ गुर्जा र वडा नं २ लुलाङमा कार्यस्थलमा आधारित जीवन उपयोगी सीप विकास तालिम सञ्चालन भएको छ । 

गाउँपालिकाअन्तर्गतको रोजगार सेवा केन्द्रको आयोजनामा गुर्जामा मेसन (डकर्मी)र लुलाङमा सडक मर्मतसम्बन्धी ५० दिनको तालिम सञ्चालन भएको हो । धौलागिरि गाउँपालिकाका रोजगार संयोजक देव पुनले स्थानीयस्तरमा आवश्यक दक्ष जनशक्ति उत्पादन, रोजगारी सिर्जना र आयआर्जनको अवसर सिर्जनाका लागि तालिम सञ्चालन गरिएको बताए ।  

प्रतिस्पर्धामार्फत छनोट भएको परामर्शदाता कम्पनी पोखरा भ्याली ट्रेनिङ इस्टिच्युटका प्रशिक्षकले तालिमको सहजीकरण गरेका छन् । दुई वटा वडाका २०/२० जनाको तालिममा सहभागिता छ । तालिमपश्चात् सडक मर्मत र डकर्मीसम्बन्धी काम गर्ने दक्ष र सीपयुक्त जनशक्ति तयार हुने अपेक्षा गरिएको छ ।

चालिस दिन कार्यस्थलमा व्यवहारिक र १० दिन सैद्धान्तिक विषयमा सहजीकरण गरिनेछ । तालिममा सहभागीले हाजिरीको आधारमा न्यूनतम ज्याला दैनिक रु सात सय १२ पाउँछन् । ५० दिनको योजनामा काम गरी एक सय दिन बराबरको न्यूनतम रोजगारमा संलग्न गराइनेछ ।

प्रतिक्रिया दिनुहोस