पर्वत । १३ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा कुश्मा नगरपालिका-३ दुर्लुङ काफलचौर बस्ने २५ वर्षीय अजय बिक छन् ।
बिकले ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा जिल्ला प्रहरी कार्यालय पर्वतबाट खटिएको प्रहरीले बिहीबार राति पक्राउ गरेको हो । बिकलाई हाल पक्राउ गरी आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।