७ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

घरजग्गा कारोबारबाट फागुनमा चार अर्ब राजस्व संकलन 

अ+ अ-

काठमाडौँ । घरजग्गाको कारोबारबाट गत फागुन महिनामा रु. चार अर्ब १२ करोड बराबरको राजस्व संकलन भएको छ । देशभरको घरजग्गाको कारोबारको विवरण राख्ने भूमि व्यवस्थापन तथा अभिलेख विभागका अनुसार गत माघको तुलनामा फागुनमा राजस्व संकलनमा वृद्धि भएको छ ।

घरजग्गा कारोबार क्रमशः लयमा फर्कन थालेको र राजस्व संकलनमा समेत क्रमशः वृद्धि हुँदै गएको विभागको विवरणमा उल्लेख छ । विभागका अनुसार सेवा करबाट रु. २८ करोड ८४ लाख ६८ हजार, रजिष्ट्रेशन दस्तुर रु. दुई अर्ब २० करोड ३७ लाख ८९ हजार र पुँजीगत लाभकरबाट रु. एक अर्ब ५७ करोड ७१ लाख ६४ हजार संकलन भएको छ ।

विभागले गत साउनमा रु. तीन अर्ब ८३ करोड ५० लाख, भदौमा रु. तीन अर्ब नौ करोड, असोजमा रु. तीन अर्ब आठ करोड १२ लाख, कात्तिकमा रु. दुई अर्ब ७० करोड ४० लाख, मङ्सिरमा रु. तीन अर्ब ८७ करोड, पुसमा रु. चार अर्ब २५ करोड २२ लाख र माघमा रु. तीन अर्ब ८७ करोड २४ लाख राजस्व संकलन गरेको थियो ।

मालपोत कार्यालय कलंकीले गत फागुनमा रु. २२ करोड ६१ लाख, मालपोत कार्यालय चाबहिलले रु. २१ करोड ६८ लाख ५२ हजार, मालपोत कार्यालय लगनखेलले रु. ३८ करोड २८ लाख तथा मालपोत कार्यालय खैरहनी, चितवनले रु. तीन करोड ९४ लाख ४१ हजार राजस्व संकलन गरेको विभागले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस