काठमाडौँ । राजसंस्था पुनर्स्थापनाका लागि संयुक्त जनआन्दोलन समितिको सल्लाहकारमा आफ्नो नाम राखिएको भन्दै डा. राजेश अहिराजले असन्तुष्टि व्यक्त गरेका छन् ।
सोमबार राजधानीमा एक पत्रकार सम्मेलन गर्दै समिति र समितिका सल्लाहकारको नामावली सार्वजनिक गरिएको थियो ।
तर, उक्त समितिको सल्लाहकारमा आफू नभएको, आफूसँग कुनै सल्लाह पनि नगरिएको अहिराजले बताएका छन् ।
निर्देशक समितिको प्रमुख सल्लाहकारमा डा. जगमान गुरुङ तथा सल्लाहकारमा बुद्धिराज बज्रचार्य, डा. शास्त्रदत्त पन्त, डा. राजेश अहिराज र खेमराज राई रहेको उल्लेख छ ।