८ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

प्रहरी महानिरीक्षक कुँवरसहित नौ उच्च अधिकारीको बिदाइ

अ+ अ-

काठमाडौँ । नेपाल प्रहरीमा ३० वर्षे सेवा अवधि पूरा गरेका प्रहरी महानिरीक्षक (आईजीपी) बसन्त बहादुर कुँवरसहित नौ जना वरिष्ठ प्रहरी अधिकृतहरूको बिदाइ गरिएको छ। प्रहरी प्रधान कार्यालयमा आयोजित विशेष समारोहमा नवनियुक्त प्रहरी महानिरीक्षक दीपक थापाले उनीहरूलाई औपचारिक रूपमा बिदाइ गर्दै सम्मान प्रदान गरे।

बिदाइ समारोहलाई सम्बोधन गर्दै प्रहरी महानिरीक्षक कुँवरले प्रहरी संगठनबाट औपचारिक रूपमा बिदाइ भएर सामाजिक जीवनमा प्रवेश गर्न लागेको यस विशेष अवसरमा आयोजित कार्यक्रमप्रति आभार व्यक्त गरे। उनले संगठनले देखाएको सद्भाव, सम्मान तथा नवनियुक्त प्रहरी महानिरीक्षक थापा र सम्पूर्ण प्रहरी परिवारप्रति हार्दिक कृतज्ञता व्यक्त गरे। उनले प्रहरी संगठनको संस्कृति, परम्परा र आपसी आत्मीयता प्रवर्द्धन गर्ने अवसरका रूपमा बिदाइ समारोहलाई लिएको उल्लेख गरे। व्यावसायिक रूपमा बिदाइ भए तापनि संगठनको हित र श्रीवृद्धिका लागि निरन्तर समर्पित रहने प्रतिबद्धता व्यक्त गरे।

आईजीपी कुँवरले नवनियुक्त प्रहरी महानिरीक्षक दीपक थापालाई बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गर्दै उनको नेतृत्वमा नेपाल प्रहरी अझ उचाइमा पुग्ने विश्वास व्यक्त गरे। उनले थापालाई अत्यन्तै व्यावसायिक, दूरदर्शी, निष्ठावान र क्षमतावान् नेतृत्वकर्ता भएको भन्दै संगठनको सफल सञ्चालनका लागि सम्पूर्ण प्रहरी कर्मचारीबाट रचनात्मक सहयोग प्राप्त हुने आशा व्यक्त गरे।

समारोहमा निवर्तमान आईजीपी कुँवरले आफ्नो कार्यकालमा भएका महत्त्वपूर्ण कार्यहरू समेटिएको कार्य सम्पादन प्रतिवेदन नवनियुक्त प्रहरी महानिरीक्षक दीपक थापालाई हस्तान्तरण गरे। त्यस्तै, थापाले कुँवरसहित सेवा निवृत्त हुन लागेका प्रहरी अधिकृतहरूलाई कृतज्ञताको चिनो प्रदान गर्दै उनीहरूको योगदानप्रति सम्मान व्यक्त गरे।

नवनियुक्त प्रहरी महानिरीक्षक दीपक थापाले सेवा निवृत्त अधिकृतहरूलाई बधाई ज्ञापन गर्दै सेवा निवृत्त जीवन सुखद रहोस् भन्ने शुभकामना व्यक्त गरे। उनले संगठनको श्रीवृद्धिमा उनीहरूले पुर्‍याएको योगदान अतुलनीय रहेको बताउँदै, भविष्यमै पनि उनीहरूबाट सल्लाह, सुझाव तथा मार्गदर्शन प्राप्त हुने विश्वास व्यक्त गरे। थापाले नेपाल प्रहरीमा भएका असल अभ्यासलाई निरन्तरता दिँदै संगठनलाई थप सुदृढ बनाउने प्रतिबद्धता व्यक्त गरे।

प्रहरी महानिरीक्षक बसन्तबहादुर कुँवरसँगै सेवा निवृत्त भएका अन्य प्रहरी अधिकृतहरूमा प्रहरी अतिरिक्त महानिरीक्षक टेक प्रसाद राई, बुद्धिराज गुरुङ, दुर्गा सिंह, कुवेर कडायत, जनक भट्टराई तथा प्रहरी नायव महानिरीक्षक ध्रुवराज राउत, भोला बहादुर रावल र गणेश चन्द रहेका छन्।

नवनियुक्त प्रहरी महानिरीक्षक दीपक थापाले मंगलबार बिहान औपचारिक रूपमा पदभार ग्रहण गर्नेछन्।

प्रतिक्रिया दिनुहोस