७ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

“प्रहरी सुधार अपरिहार्य, अब ढिलाइको समय छैन” -आईजीपी थापा

अ+ अ-

काठमाडौं । नवनियुक्त नेपाल प्रहरी महानिरीक्षक (आईजीपी) दीपक थापाले प्रहरी संगठनमा सुधार अब टार्न नसकिने आवश्यकता भएको बताएका छन्।

गृह मन्त्रालयमा आयोजित दर्ज्यानी चिह्न ग्रहण समारोहमा बोल्दै उनले प्रहरी संगठनलाई समाजको प्रतिबिम्बका रूपमा उल्लेख गरे। “प्रहरी समाजकै आवश्यकता र उपज हो। समाजमा राम्रा–नराम्रा दुवै पक्ष हुन्छन्, जसबाट नेपाल प्रहरी पनि अछुतो छैन। सुधारका लागि ती पक्ष लुकाउने होइन, खुलेर सामना गर्ने बेला आएको छ। प्रहरीमा सुधार आवश्यक छ, र अब साइत कुरेर बस्ने समय छैन,” उनले भने।

व्यक्तिगत स्तरबाट सुधार सुरु गर्नुपर्ने आवश्यकता
आईजीपी थापाले सुधार बाहिरबाट नभई व्यक्तिगत स्तरबाटै सुरु हुनुपर्ने धारणा व्यक्त गरे। “सुधार कोही व्यक्तिबाट होइन, मभित्रैबाट सुरु हुन्छ। हरेक प्रहरी अधिकारीले यसलाई आत्मसात् गरी अघि बढ्नुपर्छ। म सम्पूर्ण सहकर्मी र नेपाल प्रहरी बललाई सुधारको दिशामा प्रतिबद्ध रहन आग्रह गर्न चाहन्छु,” उनले जोड दिए।

उनले कार्यक्षमताको मूल्यांकन, पारदर्शिता, र अनुशासनलाई प्राथमिकता दिने प्रतिवद्धता जनाउँदै भने, “नेतृत्वको क्षमताअनुसार तत्काल उचित पुरस्कार र सजायको व्यवस्था गरिनेछ। वृत्ति विकास तथा पदोन्नतिको प्रक्रियामा कुनै प्रहरी कर्मचारीले अन्याय वा पीडा भोग्न नपरोस् भन्नेमा म सधैँ सजग रहनेछु।”

आईजीपी थापाले प्रहरी नेतृत्व पूर्वाग्रहबाट मुक्त हुनुपर्नेमा पनि जोड दिए। “नेपाल प्रहरीको सर्वोच्च पदमा पुग्नु गम्भीर जिम्मेवारी हो। कुनै पूर्वाग्रह नराखी निष्पक्ष रूपमा कार्य सम्पादन गर्ने प्रतिबद्धता व्यक्त गर्दछु,” उनले स्पष्ट पारे।

सुशासन, मानव अधिकार र सामाजिक न्यायप्रति प्रतिबद्धता
नेपालको संविधान अनुसार कानून कार्यान्वयन, विधिको शासन, मानव अधिकार प्रत्याभूति, सुशासन, सामाजिक न्याय, र सद्भाव सुनिश्चित गर्ने दिशामा नेपाल प्रहरीले उच्च मनोबलका साथ कार्य गर्ने प्रतिबद्धता उनले व्यक्त गरे।

उनले प्रहरी संगठनलाई नागरिकका दुःख–सुखमा साथ दिने संस्थाका रूपमा थप मजबुत बनाउने उल्लेख गर्दै भने, “लोककल्याणकारी राज्यको मार्गनिर्देशनअनुसार नागरिकका हरेक दुःख–पीडामा प्रहरी राज्यको दृढ प्रतिनिधिका रूपमा उभिनेछ।”

आईजीपी थापाले प्रहरी सदस्यहरूको न्यूनतम मानवीय आवश्यकता, स्रोतसाधनको सुनिश्चितता, तथा संगठनको सुदृढीकरणलाई प्राथमिकतामा राख्ने बताए। प्रहरी संगठनले पहिचान गरेका समस्याहरू समाधान गर्न गृहमन्त्रालयको निरन्तर अभिभावकत्व रहने विश्वास व्यक्त गर्दै उनले संगठन सुधारका लागि आफ्नो नेतृत्वदायी भूमिका रहने उल्लेख गरे।

प्रतिक्रिया दिनुहोस