काठमाडौँ । नेपाल प्रहरीका प्रहरी महानिरीक्षक(आईजीपी)दिपक थापाले आज नेपाल प्रहरी प्रधान कार्यालय, नक्सालमा पदभार ग्रहण गरेका छन्। प्रहरी संगठनको नेतृत्व सम्हाल्दै उनले मुलुकको कानून व्यवस्था, शान्ति सुरक्षा, र संस्थागत सुधारलाई प्राथमिकतामा राख्ने प्रतिबद्धता व्यक्त गरे।
प्रहरी प्रधान कार्यालयमा आयोजित विशेष कार्यक्रममा थापालाई नेपाल प्रहरीका उच्च अधिकारीहरूले स्वागत गरेका थिए।
स्वागत समारोहमा प्रहरी उच्च अधिकारीहरू, विभागीय प्रमुखहरू तथा अन्य पदाधिकारीहरूको उपस्थिति रहेको थियो। आईजीपी थापाले पदभार ग्रहणपछि विभिन्न निर्देशनात्मक सुझावहरू दिँदै प्रहरी संगठनलाई थप व्यावसायिक र उत्तरदायी बनाउने आफ्नो लक्ष्य स्पष्ट पारे।

