काठमाडौँ । त्रिवि विश्वविद्यालय क्याम्पसको स्ववियु निर्वाचनको सुनिश्चितता माग गर्दै स्वतन्त्रतर्फबाट अध्यक्षकी उम्मेदवारी दिएकी पद्मा भुसाल धर्नामा बसेकी छिन् ।
उनले त्रिवि प्रिन्सिपल कार्यालय तथा निर्वाचन कार्यालय अगाडि आँखामा कालोपट्टी बाँधेर धर्नामा बसेकी हुन् ।
त्रिवि विश्वविद्यालयको स्ववियु निर्वाचन आगामी चैत ८ गतेका लागि तोकिएको छ ।
तर, कार्यतालिका बमोजिम प्रक्रिया अघि नबढेका कारण निर्वाचनको सुनिश्चितता माग गर्दै आफू धर्नामा बसेको भुसालको भनाइ छ ।
त्रिविमा तालाबन्दी हुँदा पनि प्रशासन निरीह बनेको, निर्वाचन समितिलाई स्वार्थ अनुसार प्रयोग गरिएको बताउँदै उनले अहिलेसम्म यस्तो कमजोर र निरीह प्रशासन नदेखेको बताएकी छन् ।
नेबिसंघकै अनोज कार्की समूहले प्रिन्सिपल कार्यालयमा ताला लगाएको छ । निर्वाचन समितिले कार्की समूहलाई आधिकारिकता नदिएपछि सो समूहले तालाबन्दी गरेको हो ।
यसअघिको स्ववियु निर्वाचनमा भुसाल नेबिसंघकबाटै कोषाध्यक्षमा निर्वाचित भएकी थिइन् । टिकट नपाएपछि उनले यो पटक अध्यक्षमा उम्मेदवारी दिएकी हुन् ।
निर्वाचनको सुनिश्चितता नभए आफू निरन्तर धर्नामा बस्ने उनले बताएकी छिन् ।