७ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सब-इन्जिनियरमाथि कुटपिटको विरोध, दोषीलाई कारबाहीको माग

अ+ अ-

काठमाडौँ । जाजरकोटको बारेकोट गाउँपालिकामा कार्यरत सब-इन्जिनियर हिमाल पुनमाथि कुटपिट भएको घटनाको विरोध गर्दै कर्मचारी संगठनहरूले दोषीलाई कारबाही गर्न माग गरेका छन्। नेपाल निजामती कर्मचारी संगठन, नेपाल निजामती कर्मचारी युनियन र नेपाल राष्ट्रिय निजामती कर्मचारी संगठनले संयुक्त विज्ञप्ति जारी गर्दै घटनाको घोर निन्दा गरेका हुन्।

विज्ञप्तिमा भनिएको छ,”निजामती सेवा सक्षम, सुदृढ, सेवामूलक, जनमुखी र प्रभावकारी बनाउन स्थापित ट्रेड युनियनहरू कर्मचारीहरूको हक-अधिकार र कार्यस्थलको सुरक्षाका लागि निरन्तर क्रियाशील छन्। कुनै पनि विवादको समाधान वार्ता, संवाद र सामूहिक छलफलबाट गर्न सकिन्छ भन्ने हाम्रो स्पष्ट धारणा छ। तर, कार्यस्थलमा सेवा प्रवाह गरिरहेका कर्मचारीमाथि जिम्मेवार व्यक्तिबाट हुने अमानवीय, गैर कानुनी र आपराधिक गतिविधि स्वीकार्य छैन। हामी यस्तो घटनाको घोर निन्दा गर्दै दोषीलाई कानुनबमोजिम कडा कारबाही गर्न जोडदार माग गर्दछौँ ।”

विद्यालय निरीक्षणका क्रममा कुटपिट
चैत्र ३ गते बारेकोट गाउँपालिका–६ स्थित सीता माध्यामिक विद्यालय, कार्कीज्युलाको दिवा खाजा घरको अनुगमन तथा निरीक्षण गर्ने क्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष टेकेन्द्र नेपालीले गाउँपालिकामा कार्यरत असिस्टेन्ट सब-इन्जिनियर हिमाल पुनमाथि हातपात गर्दै कुटपिट गरेका थिए।

कर्मचारी संगठनहरूले सरकारी कर्मचारीमाथिको हिंसालाई राज्यले गम्भीर रूपमा लिनुपर्ने भन्दै दोषीमाथि तत्काल कानुनी कारबाही गर्न आग्रह गरेका छन्।

सम्बन्धित समाचार : सब-इन्जिनियर हिमाल पुनमाथि रड प्रहार

प्रतिक्रिया दिनुहोस