काठमाडौँ। स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचन अन्तरगत मकवानपुरको निर्मल बहुमुखी क्याम्पसमा नेकपा एमाले निकट अनेरास्ववियु प्यानल सहित विजयी भएको छ ।
कुल ८७ मतदाता रहेकोमा ८४ मत खसेकोमा अनेरास्ववियुका अध्यक्षका उम्मेदवार प्रशान्त भण्डारीले ५३ मत सहित विजयी भएका छन् । उनको प्रतिस्पर्धी अखिल समाजवादीकी नबिना घलानले ३१ मत ल्याइन ।
त्यसैगरि सचिवमा मुना भण्डारी, कोषाध्यक्षमा सविन अर्याल विजयी बनेका छन् ।