२८ चैत्र २०८१, बिहीबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

चितवन इन्जिनियरिङ क्याम्पसको स्ववियु अध्यक्षमा स्वतन्त्र उम्मेदवार विजयी

अ+ अ-

काठमाडौँ । स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) का लागि मंगलबार निर्वाचन भएका त्रिभुवन विश्वविद्यालय (त्रिवि) अन्तर्गतका चितवनका दुई वटा क्याम्पसमध्ये एउटामा स्वतन्त्र उम्मेदवार अध्यक्षमा विजयी भएका छन् ।

त्यसैगरी अर्को क्याम्पसमा नेपाल विद्यार्थी संघ (नेविसंघ)का उम्मेदवार अध्यक्ष निर्वाचित भए । त्रिविको आंगिक क्याम्पस रामपुरको चितवन इन्जिनियरिङ क्याम्पसमा स्वतन्त्र उम्मेदवार अध्यक्षमा विजयी भएका हुन् ।

नेविसंघ र माओवादनिकटको अखिल क्रान्तिकारीको समर्थनसहित स्वतन्त्र उम्मेदवारी दिएका प्रज्ज्वल अधिकारी चितवन इन्जिनियरिङ क्याम्पसको स्ववियु अध्यक्षमा निर्वाचित भए । उनले अनेरास्ववियुका विशाल पोखरेललाई पराजित गरेका हुन् । १३२ मतदाता रहेको उक्त क्याम्पसमा सबै मत खसेको थियो । विजयी अधिकारीले ७८ मत ल्याउँदा पोखरेलले ५४ मत ल्याएको निर्वाचन अधिकृत भुपेन्द्रजंग केशरी चन्दले बताए ।

त्यसैगरी त्रिविको सम्बन्धनप्राप्त शारदानगरको सहिद स्मारक कलेजको स्ववियु अध्यक्षमा नेविसंघका अनिष थापा मगर विजयी भएका छन् । तर उक्त कलेजमा भएको मतदानप्रति भने एमाले निकटको अनेरास्ववियुले विरोध जनाएको छ । ‘हाम्रा उम्मेदवारलाई मतदानपूर्वका कुनै पनि प्रक्रियामा सामेल नगराई मतदान अगाडि बढाएकोमा हाम्रो गम्भीर आपत्ति रहेको जानकारी गराउँछौँ,’ अनेरास्ववियुको कलेज समितिका अध्यक्ष राकेश गुरुङले निकालेको विज्ञप्तिमा उल्लेख छ ।

अखिलका चितवन जिल्ला अध्यक्ष हरि आचार्यले मंगलबार निकालेको प्रेस विज्ञप्तिमा तत्काल विद्यार्थी संगठनसँग छलफल गरेर मतदानपूर्वका प्रक्रिया थालनी गर्न माग गरेका छन् ।

वीरेन्द्रनगरको जनआदर्श बहुमुखी क्याम्पसमा सर्वसम्मत स्ववियु गठन भएको घोषणा फागुन २७ मै भइसकेको छ । चितवनका निर्वाचन हुनुपर्ने अन्य कलेजमध्ये चारवटामा मनोनयन नै दायर भएको थिएन । ११ वटा कलेजमा विभिन्न विद्यार्थी संगठनहरूको तालाबन्दीले गर्दा मनोनयन भए पनि मंगलबार हुनु पर्ने मतदान हुन सकेन ।

प्रतिक्रिया दिनुहोस