काठमाडौँ । रोल्पाका दुई क्याम्पसमा नेत्रविक्रम चन्द ‘विप्लव’नेतृत्वको नेकपा निकट अनेरास्ववियु समाजवादीले सबै संगठनको गठबन्धनलाई पराजित गर्दै प्यानलै जितेको छ ।
रोल्पामा अन्य सबै संगठन मिलेर गठबन्धन गरे पनि अखिल समाजवादीले प्यानलै जितेपछि माओवादी केन्द्र निकट अनेरास्ववियु क्रान्तिकारीलाई चुनौती थपिएको हो ।
सार्वजनिक नतिजा अनुसार जिल्लाको थवाङस्थित शहिद स्मृति क्याम्पसमा अखिल समाजवादीको प्यानल विजयी भएको बताइएको छ ।
यो क्याम्पसको स्ववियु अध्यक्ष स्वर्णिम रोकामगर, सचिवमा प्रकृति झाँक्रीमगर, कोषाध्यक्ष बीरशक्ति बुढामगर विजयी भएका हुन् ।
त्यसैगरी रोल्पाको नमुना क्याम्पसमा पनि अखिल समाजवादीको प्यानल विजयी भएको हो । यहाँपनि ‘विप्लवविरुद्ध सबै दलनिकट संगठनहरुले गठबन्धन गरेका थिए । यहाँको अध्यक्षमा चुरामणि केसी, सचिवमा देवेन्द्र डाँगी, कोषाध्यक्षमा टोपबहादुर परियार विजयी भएका हुन् ।