काठमाडौँ । आज पनि देशमा पश्चिमी वायूको साथै स्थानीय वायूकोसमेत आंशिक प्रभाव रहेको छ ।
अहिले देशका पहाडी भू-भागमा आंशिक बदली भएको छ भने बाँकी भू-भागमा मौसम मुख्यतया सफा छ । गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा मेघ गर्जनर चट्याङसहित हल्का वर्षा भएको छ ।
उच्च पहाडी र हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेकोले दैनिक जनजीवन, स्वास्थ्य, सडक तथा हवाई यातायातमा आंशिक प्रभाव पर्न सक्ने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।