काठमाडौँ । पूर्वराजा ज्ञानेन्द्र शाह यसै हप्ता गोरखा जाने भएका छन् । पूजार्चना गर्न उनी गोरखा जान लागेका हुन् ।
सम्बाद सचिव डा.फणीराज पाठकले बुधबार एक सूचना जारी गरी शाह यसै हप्ता गोरखनाथ, गोरखकाली र मनकामना मन्दिरमा पूजार्चना गर्न जान लागेको जानकारी दिएका छन् ।
