११ बैशाख २०८२, बिहीबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

५२ संवैधानिक पदाधिकारीविरुद्ध सुनुवाइ जारी

अ+ अ-

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीको अघिल्लो कार्यकालमा नियुक्त ५२ संवैधानिक पदाधिकारीविरुद्धको मुद्दामा सर्वोच्च अदालतमा सुनुवाइ जारी छ ।

रिट निवेदक ओमप्रकाश अर्यालको तर्फबाट कानुन व्यवसायीले बहस गरिरहेका छन् । अहिले खाजा ब्रेक भएको छ ।

खाजा ब्रेकअघि रिट निवेदकको तर्फबाट पूर्वमहान्यायाधिवक्ता समेत रहेका वरिष्ठ मुक्ति प्रधान, वरिष्ठ अधिवक्ता कृष्णप्रसाद भण्डारी, वरिष्ठ अधिवक्ता रामप्रसाद भट्टराई र अधिवक्ता दीपेन्द्र झाले बहस गरेका छन् ।

केहीबेरपछि पुनः सुनुवाइ सुरु हुनेछ ।

बहसमा सहभागी कानुन व्यवसायीहरूले सरकारले अध्यादेश ल्याउनु गलत भएको जिकिर गरेका छन् ।

अध्यादेश ल्याउनुको नियतमाथि प्रश्न उठाउँदै बहसमा सहभागी कानुन व्यवसायीहरूले आपत्ति जनाएका हुन् ।

उनीहरूले संवैधानिक पदाधिकारीको नियुक्तिमा पनि भागबण्डा भएको जिकिर गरेका छन् ।

प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको संवैधानिक परिषद्ले २०७७ पुस र २०७८ असारमा ३२ र २० गरी ५२ संवैधानिक पदाधिकारी नियुक्त गरेको थियो । अध्यादेशको भरमा संवैधानिक परिषद्को बैठक डाकिएको, संसदीय सुनुवाइबिना उनीहरूको नियुक्ति भएको भनी सर्वोच्च अदालतमा रिट निवेदन दर्ता भएको थियो ।

प्रतिक्रिया दिनुहोस