५ बैशाख २०८२, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

मध्यवर्ती क्षेत्रको पुनः सीमांकन गर्न संसदीय समितिको निर्देशन

अ+ अ-

काठमाडौँ । प्रतिनिधि सभा मातहतको कानुन, न्याय तथा मानवअधिकार समितिले राष्ट्रिय निकुञ्ज, वन्यजन्तु आरक्षण र सिकार आरक्षणको मध्यवर्ती क्षेत्रको पुन:नाप जाँच र सीमांकन गर्ने व्यवस्था मिलाउन वन तथा वातावरण मन्त्रालयलाई निर्देशन दिएको छ ।

केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयकमाथि राष्ट्रिय निकुञ्ज र वनसँग सम्बन्धित विषयमा सांसदहरूले दिएका सुझावका आधारमा समितिले उक्त निर्देशन दिएको हो ।

नेपालमा हाल १२ राष्ट्रिय निकुञ्ज, एक वन्यजन्तु आरक्ष, एक सिकार आरक्ष, ६ संरक्षण क्षेत्र र १३ मध्यवर्ती क्षेत्र छन् । नेपालको कूल भू–भागको २३ दशमलव ३९ प्रतिशत अर्थात् ३४ हजार चार सय १९ दशमलव ७५ वर्ग किलोमिटर क्षेत्र निकुञ्ज र आरक्षण क्षेत्रले समेटेको छ ।

समितिका सभापति विमला सुवेदीले राष्ट्रिय निकुञ्ज र सिकार आरक्षणको मध्यवर्ती क्षेत्रमा वन्यजन्तु र मानवबीचको द्वन्द्वसँग जोडिएका मानव अधिकारसम्बन्धी विषयलाई विधेयकमा समेट्ने गरी मन्त्रालयलाई निर्देशन दिइएको जानकारी दिइन् । उक्त विधेयकबारे संशोधनकर्ता, विज्ञ र मन्त्रालयका पदाधिकारीसँग सैद्धान्तिक छलफलसहित राय तथा परामर्श गरिएको उनले बताइन् ।

वन ऐनसँग सम्बन्धित र टुङग्याउन बाँकी रहेका मध्यवर्ती क्षेत्रका विषयलाई पनि समितिले बुधबार निष्कर्षमा पुर्‍याएको छ । एक वर्षअघि संसद्मा दर्ता भएको वनसहित करिब ८१ वटा कानुन समेटिएको उक्त विधेयक सर्वसम्मत रूपमा अघि बढाउने निर्णय भएको सभापति सुवेदीले जानकारी दिइन् ।

समितिको आगामी बैठकबाट सुझावसहितको प्रतिवेदनलाई पारित गरी विधेयक संसद्मा पेस गर्ने निर्णय भएको छ । समितिका सदस्यहरूले मध्यवर्ती क्षेत्रका नागरिकले भोग्नु परेको समस्यालाई समाधान गर्न पुनः नाप, नक्सा र सीमाङ्कन गरिनुपर्ने आवश्यकतामा जोड दिएपछि समितिले सोका लागि सुझावसहित मन्त्रालयलाई निर्देशन दिएको हो ।

नेपाल कम्युनिष्ट पार्टी (एमाले) संसदीय दलका मुख्य सचेतक एवं समितिका सदस्य महेशकुमार बर्तौलाले वन पैदावारमा जनताको पहुँचलाई सहज बनाउन बनेको विधेयक बनाइएको बताए । मध्यवर्ती क्षेत्रका नागरिकले भोगिरहेका समस्या समाधान गर्न पुनः सीमांकन गर्न मन्त्रालयलाई सुझावसहित निर्देशन दिने निर्णय भएको उनले जानकारी दिए ।

उनले भने, ‘मध्यवर्ती क्षेत्रका नागरिकले सामान्य विकास, निर्माण गर्न नपाउने अवस्था रहेको छ । मानव–वन्यजन्तु द्वन्द्वका कारण जनताले निरन्तर दुःख पाइरहेका छन् । निजी र लामो समय भोगचलन भएको जग्गा अलग्याएर सिमाना हेरफेर गर्न मन्त्रालयलाई निर्देशन दिने निर्णय भएको छ ।’ देशका ३४ जिल्लामा सरकारले मध्यवर्ती क्षेत्र घोषणा गरेको छ ।

मुख्य सचेतक बर्तौलाले भने, ‘त्यो निर्देशन कार्यान्वयन भएपछि जनतालाई राहत हुने, वन्यजन्तुसँग सधैँजसो द्वन्द्व गरिरहेका स्थानीयले राज्यका निकायसँग पनि झगडा गर्नुपर्ने अवस्था अन्त्य हुनेछ ।’ निजी जमिनमा घर बनाउन स्थानीय सरकारसँग मात्र नभई निकुञ्जसँग पनि अहिले अनुमति अनिवार्य लिनुपर्ने व्यवस्था रहेको उनले बताए ।

प्रतिक्रिया दिनुहोस